नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु म्याग्दीले बेनी नगरपालिका–५ पुलाचौरबाट म अखिल अभियान सुरू गरेको छ । बुधबार जनकल्याण माबिमा एक कार्यक्रमको आयोजना गरि बिपत्तीमा साहारा, सवैखाले बिभेदमा बिद्रोह, बिकृति र बिसङगतिको बिरुद्धमा सचेतनामुलक अभियानको शुभारम्भ गरिएको हो ।

एक महिनाको अवधिमा सामुहिक सहित दुई बलात्कारको घटना घटेको वडामै पुगेर सामाजिक तथा जनचेतनामुलक अभियानको सञ्चालन गरिएको अनेरास्ववियु म्याग्दीका संयोजक दर्पण रोकाले बताए ।

‘सामुहिक बलात्कारको घटनाका आरोपीलाई पक्राउ गर्न हम्मेहम्मे प¥यो,‘विद्यार्थीमार्फत जवरजस्ती करणीका घटना बिरुद्धको अभियान सुरु गरेका छौ’ रोकाले भने । उनले विद्यार्थीमार्फत समुदायमा सचेतनामुलक अभियान सञ्चालन गर्न सहज हुने भएकाले समेत जिल्लाभर चरणबद्ध रुपमा कार्यक्रम गरिने बताए ।

विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज सुवास बिश्वकर्माले सामाजिक बिकृति र बिसङ्गतिका लागि सचेत नागरिकको भूमिकामा रहेर लड्नका लागि अखिलको नयाँ अभियानको सुरुवात भएको बताए ।

उनले दबाबमा परेका समुदायको उद्धार र आवश्यकता भएका क्षेत्रमा अखिलको उपस्थितलाई अभियानले प्राथमिकता दिएको बताए। उनले अभियानलाई प्रभावकारी बनाउन हरेक विद्यालयमा अनेरास्ववियुको कमिटी समेत गठन गरिने बताए । म्याग्दीका यूवा नेता एवम् गण्डकी प्रदेशका अखिल संयोजक प्रकाश पौडेलको अगुवाईम प्रदेशभरी नै उक्त अभियानलाई तिब्रता दिइएको छ ।

Leave a Reply