घर फर्किदै गर्दा गएको ११ दिनदेखि बेपत्ता  बेनी नगरपालिका-१,अर्जमका भिम बहादुर श्रेष्ठको ड्रोनको सहायताबाट खोज्न थालिएको छ ।

तिहारको भाईटिकाको दिन बेनपा–३ भकिम्ली डाँडाखानी ससुरालीबाट फर्किएका ५३ बर्षिय श्रेष्ठ भकिम्ली तोराखेतको जंगल नजिकबाट सम्पर्कविहिन भएपछि स्थानीयको सक्रियतामा ज्यामरुककोट र भकिम्लीको सिमानामा पर्ने सौतासौती भन्ने ठाउँमा ड्रोन उडाएर खोजी भएपनि बुधबारसम्म फेला पार्न नसकिएको विनोद प्रधानले बताए ।

‘खोचमा खसेको हुनसक्ने भएकाले ड्रोनको प्रयोग गरियो,‘स्थलमार्गबाट खोजीकार्यलाई निरन्तरता दिएका छौ’ प्रधानले भने। ससुराली देखि घरसम्मको विभिन्न स्थानमा खोजीकार्य गर्दा समेत पत्ता नलागेकाले स्थानीयबासीले नेपाल प्रहरीमार्फत कुकुर सहित थप आधुनिक अनुसन्धानमा प्रयोग हुने प्राविधिक सहितको टोलीका लागि अनुरोध गरेका छन् ।

ड्रोनबाट खोजीका लागि जिल्ला प्रशासनबाट अनुमति लिएका थिए । बेपत्ता श्रेष्ठ जंगलको बाटो हुदैं फर्किने बेलामा एक्कासी बेपत्ता भएपछि खोजीकार्यको क्रममा गतसाता टोपी र रुखको पातमा रगत भेटिएको भेटिएपछि नयाँ कुनै तथ्य फेला नपरेको अर्जमका कर्ण प्रधानले बताए । स्थानीय र आफन्तले रहस्यमय तरिकाले बेपत्ता भएकाले खोजीकार्यमा सरकारी निकायबाट थप सहयोगको आवश्यकता रहेको बताएका छन् ।

ससुरालीबाट फर्किदै गरेको अवस्थामा श्रेष्ठको झोलामा मासु समेत लिएर आएका थिए । टोपी र केही रगत देखिएको स्थानबाट दुई किलोमिटर आसपाससम्म स्थानीयले खोजीकार्यलाई तिब्रता दिएका थिए । बन्यजन्तुको आक्रमण भन्दा पनि मान्छेले नै आक्रमण गरेको आशंका गरिएको छ । बेपत्ता श्रेष्ठको परिवारमा कुनै समस्या नभएको समेत बताइएको छ ।

Leave a Reply