कुनै–कुनै घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ । गत शनिबार बेनी नगरपालिकाको एक गाउँमा बालिका आफ्नै घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समाते । परिवारभित्र देवता सरह सम्मान गरिने नातिनीलाई डर, त्रास, धम्की र प्रभावमा पारेका जवरजस्ती करणी गरेको घटनाले परिवारका सदस्यसँगै गाउँले नै छाँगाबाट खसेजस्तो भएका छन् ।

बुबा–आमा खेतमा गएको मौका छोपी विभिन्न बाहनाका साथै डर,त्रास, धम्की र प्रभाव देखाएर कुदृष्टि लगाउने यौन पिपासु हजुरबुबाको यौनजन्य क्रियाकलापका बारेमा खेतबाट घर फर्किएपछि बालिका रूदैं घटनाका बारेमा जानकारी पाएपछि बालिकाले समेत दिनभर हजुरबुबाले आफूमाथि गरेको सम्पूर्ण क्रियाकलाप बारे पनि मुख खोलेकी थिईन् ।

माया र स्नेह गर्ने मात्रै नभई घरका सबैभन्दा पाका,घरपरिवारले विश्वास र भरोसा मानिन हजुरबाबुबाटै गहिरो चोट पाएकी बालिकामाथि करणीको प्रयासले सिँगो समाज नै स्तब्ध छ ।  यौन पिपासु आफ्नै हजुरबुबाले कल्पना नगरेको घटना घटाएपछि परिवारको इज्जतलाई जोगाउनुपर्छ भन्नेहरूको प्रस्तावलाई समेत अस्वीकार गदैं तत्कालै नियन्त्रणमा लिएर प्रहरीमा बुझाए ।

उनले आफ्नो छोरीमाथि घटेको घटना समाजमा अव नदोहोरिने गरी कानुनी कारवाहीलाई अगाडी बढाउन समेत प्रहरीलाई अनुरोध गरे। घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक विरेन्द्रराज गुरूङले घटनास्थलमा आफ्नै हजुरबुबाले नातिनीमाथि झम्टिएको हृदयविदारक दृष्यहरू देखिएको बताए ।

‘मानवता हराएको घटनाका बारेका बालिकाको परिचय नखुल्ने गरी अनुसन्धान गरिरहेका छौ,‘समयमै सूचना पाए प्रहरीलाई सहज भयो,घटना लुकाउन खोज्दा आरोपीले उन्मुक्ती पाउने सम्भावना हुन्छ’ गुरूङले भने ।

उनले आरोपी र पीडित बालिकालाई मेडिकल परीक्षण समेत गरिएको बताउँदै बालिकामाथि भएको अत्याचारको परिचय मात्रै खुलेपनि भविष्य अन्धकारमय बन्ने भएकाले आरोपीलाई सजाय हुने र बालिकाको भविस्य पनि सुन्दर हुने गरी अनुसन्धान गरिएको उनले बताए ।

घटना घटेको राती करिब साढे दुई बजे प्रहरीले मुचुल्का गरी आरोपीलाई नियन्त्रणमा लिएर फर्किएको थियो । कलिला बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबरजस्तीको घटना घट्ने गरेको प्रहरीले जनाएको छ ।

नातिनीको जवरजस्ती करणीको आरोपीका बारेमा थप अनुसन्धानका लागि जिल्ला अदालत म्याग्दीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । बेनी अस्पतालका चिकित्सकले प्रजनन अंग विकास नहुँदै यौन सम्पर्क कायम गरिँदा दीर्घकालसम्म समस्या देखिन सक्ने भएकाले कुनै समस्या भएमा तत्काल स्वास्थ्य केन्द्रमा उपचारका लागि जानुपर्ने बताए ।

यता महिला अधिकारकर्मी एवम् म्याग्दी बहुमुखी क्याम्पसकी प्राध्यापक रेखा कौशल रेग्मीले कलिला नानीलाई सुन्दर भविष्यतर्फ डो¥याउनुपर्ने हजुरबुबा, बुबा र आफन्तबाटै कल्पना पनि गर्न नसकिने बलात्कारको घटनाले स्तब्ध भएबो बताउँदै जवरजस्ती करणी बिरुद्धको अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताईन् ।

बलात्कारका घटना संवेदनशील भए पनि न्यूनिकरण र नियन्त्रणका प्रयास नहुँदा घटना दोहोरिरहने गरेको बताईन् । उनले सामाजिक संघसंस्था सहित विद्यालयमार्फत जनचेतनामुलक कार्यक्रम गरी बलाकारजन्य गतिविधिलाई न्यूनिकरणमा बल पुग्ने कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने बताईन् ।

 

जवरजस्ती करणी बढ्यो
जिल्ला प्रहरी कार्यालय म्याग्दीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६÷७७ मा जवरजस्ती करणीका ८ वटा, जबरजस्तीकरणी उद्योगका ४ वटा र बालयौन दुरुपयोग १ मुद्धा दर्र्ता भएका छन् । त्यस्तै आ.व २०७७÷७८ मा जवरजस्ती करणीका ११ वटा, जबरजस्तीकरणी उद्योगका ३ वटा र बाल यौन दुव्यवहारका १ वटा दर्ता छन् ।

आ.व २०७८÷७९ को हालसम्म जवरजस्ती करणीका ७ वटा दर्ता भएको छ भने शनिबार आफ्नै हजुरबुबाबाट भएको करणीको प्रयास अनुसन्धानकै क्रममा रहेको छ । पछिल्ला तीनबर्षमा प्रहरीमा दर्ता भएको जबर्जस्ती करणी सहित यौनजन्य क्रियाकलापमा संलग्न अधिकांश आफन्त,छिमेकी र चिनजानका भएको पाइएको छ।

कात्तिक महिनामा दर्ता भएका ३ वटै जबर्जस्ती करणीका घटना आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको प्रहरीले जनाएको छ । कोरोना संक्रमणसँगै लामो समयसम्म भएको लकडाउनका कारण जबरजस्तीकरणी उद्योगका केही घटना गुपचुप समेत मिलाउने प्रयास गरिएको अवस्थामा प्रहरीले जानकारी पाएपछि मुद्धा दर्ता गरेको थियो ।

आफन्त र चिनेजानेकाबाट हुने करणी तथा करणीमा संलग्नलाई राजनीतिक दवावमा जोगाउन खोज्ने गरेको पनि पाइएको छ । पीडकलाई जोगाउन गरिएका अन्तिम प्रयास सफल नभएपछि मात्रै प्रहरीमा किटानी जायरी दिने गरेको घटना समेत सार्वजनिक हुने गरेको छ।

Leave a Reply