घरदैलोमा आएका गणकलाई दिने विवरण भावि सन्ततीका लागि पनि सुन्दर उपहार हो :जनगणना कार्यालय प्रमुख सापकोटा

0

जनगणनालाई लोकतन्त्रको जग मानिन्छ। देश संघीय संरचनामा गएपछि हुन लागेको जनगणनाले सम्रग देशबासीको अवस्था, विकासको भावी चित्र समेत देखाउन सघाउँछ ।

कुनै पनि योजना बनाउन यथार्थ चित्र तथ्य–तथ्यांकले नै बोल्ने भएकाले यस महानअभियानमा सहभागी हुन जिल्ला जनगणना कार्यालयका प्रमुख घनश्याम सापकोटाले अनुरोध गरेका छन्। उनले म्याग्दी जिल्लाभित्र खटिएका सुपरभाईजर र गणकहरुलाई समुदायस्तरमा कुनै समस्या नभएको बताए । म्याग्दी जिल्लामा ४७ सुपरिवेक्षक र १ सय ८६ गणक घरदैलोमा परिचालन गरिएको छ ।

जनगणनामा खटिएका गणकलाई सही र तथ्यगत विवरण दिएमा भावि सन्ततीलाई समेत त्यसले फाईदा पुग्ने बताए । सही तथ्यांक विना योजना तर्जुमा सम्भव नहुने भएकाले भावि सन्ततीको लागि आधारभुत आवश्यकता सहित सम्रग विकासका लागि समेत सबैले सत्य विवरण उपलब्ध गराउनुपर्ने सापकोटाको भनाई छ । यसै सन्र्दभमा बेनीअनलाइनका प्रधानसम्पादक हरिकृष्ण गौतमले कार्यालय प्रमुख सापकोटासँग गरेको कुराकानी

जनगणना किन गरिन्छ ?
देशलाई चाहिने सामाजिक तथा आर्थिक तथ्यांक साथै विकास निर्माण, योजना तर्जुमा, निति निर्माणलाई आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, सामाजिक सूरक्षा, अपाङ्गता, असाहाय समावेशी तथा लैङ्गिक मैत्री तथ्यांक राज्यमा विभिन्न निकाय तथा नितिनिर्माता, योजनाकार, अनुसन्धानकर्तालाई आवश्यक पर्ने आँकडा संकलनको लागि जनजणना गरिन्छ ।

देश संघिय संरचनामा गएपछि पहिलो जनगणना सुरु भएको छ, म्याग्दीमा माहोल कस्तो छ ?
२०७८ सालको जनगणना संघियता पछिको पहिलो जनगणना हो । संघिय प्रणाली बमोजिमआफ्नो वडा, पालिका, प्रदेश कस्तो बनाउने भन्ने कुरा जनताका प्रतिनिधि कानुन बमोजिम अधिकार पाएका छन । तथ्यांकको आधारमा आफ्नो अवस्था आँकलन गरि कुन सूचकमा कस्तो अवस्था छु र भविष्यको लक्ष्य किटान गर्नेको लागि स्थानीय तहका जनप्रतिनिधिहरुले जनगणनालाई अत्यन्त चासोमा साथ हेरिरहनु भएको छ । स्थानीय जनगणना समन्वय समितिमार्फत आमनागरिक लाई सहयोग गर्न र सहभागिताजनाउन अनुरोध गर्नु भएको छ ।

मेरो गणना, मेरो सहभागितानारासहित गणक घरदैलोमापुगेका छन, सर्वसाधारणको उत्साह कस्तो पाउनु भएको छ त?
म्याग्दी जिल्लाका आमना गरिकहरुले घरदैलोमा आउने गणकहरुलाई विना रोक तोक सोधिएका प्रश्नको जवाफ दिनुभएको छ । यो समय खेतिपाति भित्राउने र लगाउने समय भएकोले गर्दा कतिपय घरपरिवारलाई गणकले साँझ, विहान साथै घर आसपासको खेतवारीमा भेटेर समेत तथ्यांकलिनु ÷ दिनु भएको छ ।

म्याग्दी जिल्लामा सुपरीवेक्षक र गणकहरुलाई कसरी खटिएका छन, कहिले सम्मप्रारम्भिकनतिजा आउँछ ?
स्थानीयतहका वडाहरुको जनगणना घरपरिवार संख्या र जनसंख्या हेरेर सुपरीवेक्षक र गणकहरु खटाईएको छ । जनगणनाको प्रारम्भिक नतिजा तथ्यांक संकलन कार्य सकिएको ३ देखि ४ महिनाभित्रमा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्ने छ ।

परिवारको विवरण टिपेर सुरु गरिने गणनामा समावेश भएकाबुदाँहरु के के छन त ?
राष्ट्रिय जनगणना २०७८ मातथ्यांक संकलनकार्य दुई चरणमा सञ्चालन भैरहेको छ । भाद्र ३० देखि आश्विन १८ सम्म २० दिन सम्म सुपरीवेक्षकले प्रत्येक घर तथा घरपरिवारमापुगी घर तथा घरपरिवारको सुचिकरण फाराममार्फत घर सम्बन्धिविवरण, परिवारमाअक्सर बसोवास गरेकापुरुष, महिला र अन्य लिङ्गका तथा कृषक ÷ कृषि सम्बन्धि विवरण संकलन गरिसकेका छन भने दोस्रो चरणमा गणकहरुले प्रत्येक घर परिवारम ापुगी“मूख्यप्रश्वावली“मार्फत पारिवारिक विवरण तथाव्यक्तिको जन्म, मृत्यु, वसाईसराई लगायत अन्य जनसांख्यिक विवरण संकलन गरिन्छ साथै सुपरीवेक्षकले दोस्रो चरण अन्तर्गत नै सबै स्थानीय तहमा प्रत्येक वडा कार्यालयमा गई सामुदायिक प्रश्वावली मार्फत वडाको आधारभूत स्रोत, साधन पहुँचतथा पूर्वाधार र विपद सम्बन्धी विवरण संकलन गरिन्छ ।

कुनै एक परिवार जनगणनामा सहभागीनहुदाँत्यसको असर कस्तो पर्छ ?
गणनाको अवधिमा गणना कार्यमा खटिएका कर्मचारीले एक परिवारमा ८० वटा प्रश्नहरु सोध्छन । त्यसकारण एक परिवार छुट्दा त्यो परिवारको परिवार सदस्यको जातजाती, धर्म, भाषा, शैक्षिक अवस्था, अपाङ्गता, बसाईसराई, वैवाहिक अवस्था आदि धेरै विषय छुट्छ त्यसकारण सुनमा रतिको जतिमहत्व र मूल्य हुन्छ गणनामा एक परिवार र व्यक्ति ÷ व्यक्तिको उत्तिकै महत्व हुन्छ । त्यसकारण हाम्रो मूलनारा “ कोही नछुटुन, कोहि नदोहोरिऊन “ भन्ने कुरालाई मूलमन्त्रको रुपमालिएको छ ।

घरदैलोमा गणक र सुपरीवेक्षक पुग्दा सेवाग्राही भेटिएनन् भने कसरी सम्पर्क गर्नुहुन्छ ?
राष्ट्रिय जनगणना २०७८ को बारेमाआम सञ्चारका माध्यर्म राष्ट्रिय तथा स्थानीय स्तरैबाट बा¥हौ राष्ट्रिय जनगणनाको कार्यतालिका र घर दैलोमाआउने गणक कर्मचारीको बारेमाप्रचार प्रसार गरिएको छ ।

जनगणनामा खटिएका गणक तथा सुपरीवेक्षक स्थानीय स्तरर्को विशेष गरी गणकै भएकोले उत्तरदाता र परिवारमूलीको घर पहिचानगर्ने र उहाँ घरमानहुदा खेतवारी ÷ पसल दोकानकहाँ हुनुहुन्छ सजिलै भेट्न सक्ने अवस्था रहन्छ । गणकले घरमाजाँदाउत्तरदाता ÷ परिवारमुलीलाई गणना अवधिभरमा पटक÷ पटक गई साँझ ÷ विहानै भेट्नु हुन्छ । आवश्यक परेमा छिमेकी वा उहाँको आफन्त मार्फत सम्पर्क गरि टेलिफोनको माध्यमद्वारा कसरी कहिले घरमा भेट्न सकिन्छ भनि समय मिलाई गणकले उत्तरदाता ÷ परिवारमूलिलाई भेटी तथ्यांकलिनु हुन्छ ।

आफ्नो पारिवारिक विवरण दिदाँ भविश्यमा असर गर्न सक्छ भनेर जनगणनामा तथ्याङ्क लुकाउने वा तोडमोड गर्ने
सम्भावना कत्तिको हुन्छ ?
जनगणना संकलित सबै विवरणहरु गोप्य रहन्छन । उत्तरदाताले दिएको विवरण तथ्यांक ऐन, जनगणना सञ्चालन तथा व्यवस्थापन आदेशले व्यक्तिगत तथ्यांकको गोपनियता सुनिश्चित गरेको छ । जनगणनाबाट प्राप्त तथ्यांकिय विवरण व्यक्तिगत नभई सामूहिक रुपमा मात्र प्रकाशन र प्रयोग गरिन्छ ।

व्यक्ति, संस्था वा व्यवसायलाई पहिचान गरिदैन । यसरी लिएको तथ्यांक कर प्रयोजन तथा अन्य प्रमाणको रुपमा प्रयोग गरिदैन । यि विवरण गणना कार्यमा खटिएको कर्मचारीले संरक्षण र गोप्य राख्ने सपथ खाएको हुन्छन । त्यसैले यी कुराको विस्वस्त गराए पछि गणक ÷ सुपरीवेक्षकहरुको तथ्यांक लिने भएकोले तथ्यांक लुकाउने र तोडमोड गर्ने सम्भावना रहदैन ।

जनगणनाकै क्रममा पेन्सिलको प्रयोग तथा समयमै सेवानपाएको गुनासो समेत सामाजिक सञ्जालमा देखिनथालेको छ, तपाईले समस्या समाधानकालागि कसरी प्रयास गर्नुभएको छ त ?

जनगणनामा खटिने कर्मचारीको लागिनिर्दिष्ट गरिएको विभिन्ननिर्देशिकातथातालिमको क्रममा गणना कार्यमा खटिने कर्मचारीको लागिफाराम ÷ प्रश्वावलीभर्नको लागिनिलो मसि भएको विभागद्वारा उपलब्ध गराइएका डटपेन प्रयोग हुन्छन ।

गणक सँग निलो लेख्ने डटपेन वाहेक साथमाअन्य पेन्सिल र टिपेक्स केहीहुदैन र कार्यालयले यी समानप्रयोग गर्नलाई निशेष गरिएको छ । स्थानीय स्तरमा सरकारको प्रतिनिधिकर्मचारी गणक उपस्थितहुदा राज्यले उपलब्ध गराइएका सेवा सुविधानपाएको गुनासो उत्तरदाताले कहिकतै गुनासो पोखेको भेटिन्छ यि कुरा हाम्रो कर्मचारी सुनिदिन्छ र आफ्नो गणना विषयप्रवेश गर्छ ।

परिवारमा खानेपानी, इन्धन, सञ्चार साधन, महिलाकानाममा सम्पत्ति, घरेलु व्यवसाय जस्ता सामान्यप्रश्नमा पनि उत्तरदाता खुल्दैनन् भन्ने गणकको गुनासो छ, वास्तविकविवरण संकलनमा समस्या होलानी?

गणनाको मूख्यप्रश्नावलीमा राज्यद्वारा उपलब्ध गराइएको सेवा सुविधा र व्यक्ति आफैले खरिद गरि उपयोग गरेका सेवा सुविधाको वारेमा केहि प्रश्वावली सोधिने जस्तै खानेपानी, विधुत , खानापकाउने इन्धन, सञ्चारको साधन, घरर्को वनावट, छाना, जगै भूकम्पीय दृष्टिकोणले घर कति पक्की वा कच्ची छ भनेर मापन गर्न खोजिएको साथै महिलाको नामजग्गा रजिष्ट्रेसन पास गर्दा राजस्व छुट गर्दा महिलाको भएको छ भनिमापनगर्न खोजिएको छ । यिप्रश्नहरु सरल र स्पष्ट नै भएकोले सत्य तथ्यविवरण लिन र दिनकुनै कठिनाई हुदैन ।

जनगणनाले दिगो विकास लक्ष्य, समृद्वि र सुशासनकाआधारकालागि खण्डीकृत तथ्याङ्कतयार गर्छ, तर पनि जनआवश्यकता अनुसार योजना बनाउन भनेपनि राज्य चुकेको गुनासो सधै उठ्छ, यस पटक सुचीकरणका ८० वटा प्रश्नमात्यसलाई जोड दिइएको छ कि छैन त ?
नीति योजना निर्माणको लागि राज्यलाई आफ्नो भूभाग भित्रको तथ्यांकआवश्यक पर्ने भएकोले हरेक १०÷ १० बर्षमा जनगणना गरिन्छ । राज्यको सिमित साधन स्रोतबाट नागरिकका असिमित आवश्यकता पूरा गर्नलाई चुनौती पक्कै पनि छ । यति हुदाहुदै पनि मूलुकलाई दिगो विकास समृद्व तथा शुसासन दिनको लागि आवश्यक पर्ने तथ्यांक जनगणनाले उपलब्ध गराउछ । विकास र समृद्विक्रमशःहुदै जाने विषयहो यस तर्फ राज्यपक्कै पनि अग्रसर भएर अगाडी बढ्ने छ ।

अन्त्यमा केहीभन्न चाहनुहुन्छ ?
जनगणनामा सोधिने सवै प्रश्नको उत्तिकै महत्व छ तथापी जातजाती, धर्म, अपाङ्गता, मृत्यु, वसाईसराई र वैदेशिक रोजगारका विषयहरु महत्वपूर्ण भएकोले म्याग्दीजिल्ला स्थित राजनैतिक दल, जनप्रतिनिधी, नागरिक समाज, सरकारी÷गैरसरकारी संघ÷संस्था, शैक्षिक संस्था, विभिन्नलिङ्ग, भाषाभाषी, जातजाती, प्रध्यापक, बुद्दिजिवी, राष्ट्र सेवककर्मचारी, महिला समूह, अधिकारकर्मी, संचारकर्मी, उद्योगी÷व्यापारी, वित्तियतथा गैर वित्तिय संस्था, सहकारी क्षेत्र तथाआमनागरिकलाई सत्य तथ्यविवरण उपलब्ध गराउनको लागि आह्रानगर्न चाहन्छु ।

 

Leave a Reply