सातौं जिल्ला अधिबेशनबाट सभापतिमा सर्वसम्मत भएका नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर)ले पार्टीभित्र सहमति र सहकार्य गरेर अगाडी बढ्ने बताएका छन् ।

सदरमुकाम बेनीमा बुधबारदेखि सुरु भएको सातौं जिल्ला अधिबेशनको उद्घाटन कार्यक्रमको समापन गदैं सभापति गर्बुृजाले पदाधिकारी, कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा आवश्यक पद भन्दा मनोनयन दर्ता भएकाले भोली बिहानसम्म सहमतिबाटै अधिवेशन सम्पन्न भएको सन्देश कार्यकर्ता माझ लैजाने बताए ।

‘यहाँ सबैको चासो सहमति छ,‘उम्मेदवारहरु पनि आफ्नै तरिकाले बस्नुहोला,‘पार्टीभित्र चुनाव गरेर जाने पक्षमा छैन’ सभापति गर्बुजाले भने । उनले आफ्नो नेतृत्वमा जिल्लामा पार्टी बलियो भएको बताउँदै कमीकमजोरीलाई सच्चाउँदै पार्टीको अभियानलाई तिब्रता दिने बताए ।‘हाम्रो प्रतिस्पर्धा कम्यूनिष्टसँगै हुन्छ,‘यसपटकका सबै तहको निर्वाचनको तयारीमा जुट्ने बेला भएको छ’ सभापति गर्बुजाले भने ।

जिल्लामा अग्रजको सम्मान तथा नेता कार्यकर्ताको भावना अनुसार अवको कार्यकाल सफलतापूर्वक सञ्चालन गर्ने सभापति गर्बुजाको भनाई छ । ‘अग्रजलाई सम्मान, नयाँलाई अवसर दिनुपर्छ,‘भोलीदेखि पार्टीले थप नयाँ उचाई कायम गर्नेछ’ सभापति गर्बुजाले भने । अधिवेशनका बोल्ने पार्टीका नेता तथा जनप्रतिनिधिले नेतृत्वले सहमतिलाई बेवास्ता गर्न नहुने बताएका थिए ।

उनीहरुले केही महिनाभित्र स्थानीय तह सहित बर्षदिनमा भित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको तयारीमा समेत प्रत्यक्ष असर गर्ने भएकाले अहिले सहमतिबाटै अगाडी बढ्नुपर्ने बताए । अधिवेशनमा बोल्ने निर्वतमान सभापति रेशमबहादुर बानियाँले सहमतिको सन्देशका लागी सभापतिलाई सर्वसम्मत बनाइएको बताए ।

उनले पार्टीभित्र आवश्यकता र सक्रियताका आधारमा प्रतिनिधित्व हुनुपर्ने, विपक्षीको गतिविधिलाई समेत निगरानी राख्नुपर्नेमा जोड दिए । यता सबै पदमा सहमतिका लागी यूवा नेताहरुले नेतृत्वलाई विभिन्न माध्यमबाट दवाव दिइरहेका छन् । नेतृत्वले कसैसगँ पूर्वागह्र नराखी अगाडी बढ्नुपर्ने बताए । मतदान प्रक्रिया सहमतिको बाधक भएको बताउदै गुठउपगुठलाई जरैदेखिबाट निर्मूल पादैं केन्द्रीय महाधिवेशनलाई समेत सन्देश प्रवाह गर्नुपर्नेमा नेताहरुको जोड थियो ।

Leave a Reply