नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनमा निर्बिरोध नभएका उपसभापति सहितका पदमा मतदानबाट टुङ्गो लगाइने भएको छ । बुधबार र बिहिबार विहानसम्म उम्मेदवारलाई सहमितको समय दिइएपनि अन्तिम समयसम्म सहमति हुन नसकेपछि निर्वाचन समितिले अन्तिम नामावली सार्वजनिक गदैं मतदानको तयारी सुरु गरेको निर्वाचन समितिका सदस्य प्रकाश सुबेदीले बताए ।

उनका अनुसार केही जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधिहरु निर्विरोध चयन भएका छन् । सहमति नभएको उपसभापति, सचिब, सहसचिब र महाधिबेशन प्रतिनिधीमा मतदानका लागि जिसस भवनको हलमा मतपेटिका सहितको तयारी गरिएको छ । अधिवेशनमा दुई जना उपसभापतिमा डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधबप्रसाद रेग्मी, मिनबहादुर कार्की, कर्णबहादुर भण्डारी केबी र कमल छन्त्यालको उमेद्वारी परेको छ ।

त्यस्तै दुई जना सचिब पदमा भरत रकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुबेदी र हिराबहादुर पुन, दुई जना सहसचिबमा श्रीराम पौडेल, ध्रुबराज कार्की र कोमलप्रसाद उपाध्यायको उमेद्वारी परेको छ । १० जना खुल्ला महाधिबेशन प्रतिनिधीमा राजेन्द्र श्रेष्ठ, शिब के.सी., चिरञ्जिबी शर्मा, उदिमबहादुर पुन, बिपिन खड्का, मुकुन छन्त्याल, जिबनकुमार मल्ल, मनमोहन बुढाथोकी छन्त्याल, रबिन्द्र गर्बुजा पुन, लालबहादुर थापा क्षेत्री (माइकल), श्रीप्रसाद रोकामगर, धनबहादुर छन्त्याल, बिरबहादुर बिश्वकर्मा (कमल), बिक्रम बोगटी, दिपेन्द्र शर्मा रिजाल, मानकाजी घिमिरे, रमेशकुमार श्रेष्ठ, रेशमबहादुर बानिया र नेत्रबहादुर महत रहेका छन् ।

Leave a Reply