सरकारले प्रतिबन्ध फुकुवा गरेपछि पहिलोपटक नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लव म्याग्दी आउने हुनुभएको छ । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न यही मंसिर ८ गते म्याग्दी सदरमुकाम बेनीमा आउने पार्टीले जनाएको छ । मोर्चाले शुक्रबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिब बिप्लब म्याग्दी आउने सम्मेलन आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले बताउनुभयो ।

‘खुल्लामञ्चमा भब्य कार्यक्रम हुने छ,‘जनबादी सांस्कृतिक झल्कने कार्यक्रमहरु समेत प्रस्तुत हुने छ’ श्रीषले भन्नुभयो । मगर मुक्ति मोर्चा नेपालको मंसिर १ गते नवलपुरमा सम्पन्न तेस्रो पुर्ण वैठकको निणर्य अनुसार पार्टी पुनस्थापना दिवशको अवसर पारेर मंसिर ८ देखि १० गते सम्म म्याग्दीको बेनीमा चौँथो राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।

सम्मेलनलाई सभ्य र भव्य तरिकाले सम्पन्न पार्नका लागि बिभिन्न उपसमितिहरु गठन गरिएको छ । मंसिर ८ गते बिहान ११ बजे देखि बिभिन्न झाँकी र जुलुस सहित बेनी बजार परिक्रमा गरि खुल्ला मञ्चमा उद्घाटन गरिने, ९ र १० गते बन्द सत्र जिल्ला समन्वयको सभाहलमा सम्पन्न गर्ने कार्यक्रम तय भएको छ ।सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी हुने श्रीसले बताउनुभयो । कार्यक्रममा सामना परिवारको बिशेष सांस्कृतिक प्रस्तुती पनि रहने आयोजक समितिले जनाएको छ ।

Leave a Reply