नेपाली काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी केबी विजय हुनुभएको छ । शुक्रबार विहानदेखि जारी मतगणनामा बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सचिवमा भरतबहादुर रकाल र हिरा पुन, सहसचिवमा धुब्रराज कार्की र श्रीराम पौडेल निर्वाचित हुनुभएको छ । निर्वाचित पदाधिकारीको औपचारिक घोषणा हुन बाँकी छ ।

उपसभापतिमा क्या डमबहादुर गर्वजा २ सय ३८, माधव प्रसाद रेग्मीले ९९ र क्या मीन बहादुर कार्कीले ८६ प्राप्त गर्नुभयो । सभापति वाहेकका पदहरूमा सहमति नभए पछि बुधवार निर्वाचन गरिएको थियो । सहमतिको अन्तिम प्रयास जारी रहेको अवस्थामा उपसभापति र सचिवमा सहमतिको सम्भावना नभएपछि निर्वाचन गरिएको थियो । जिसस भवनमा जारी मतगणनामा कार्यसमिति र महाधिवेशन प्रतिनिधिको अन्तिम मतगणना भइरहेको निर्वाचन समितिका प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

Leave a Reply