नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ । शनिबार जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए ।

बेनी बोर्डिङ आवासीय माविका भूमिराज नेपालीले ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पूरा गरी उपाधि हात पारेका हुन् । प्रतियोगितामा भानु मावि रत्नेचौरका महेश किसान (९२४ मिनेट ३५ सेकेण्ड) उपविजेता भए भने तेस्रो स्थानमा थामडाँडा युवा क्लबका मनिष गुरुङ (९२५ मिनेट २० सेकेण्ड) र चौथो भएका बेनी सामुदायिक माविका रामबहादुर चित्रकार (९२६ मिनेट १५ सेकेण्ड) मा ८ किलोमिटर दुरी पार गरेका थिए ।

छात्रातर्फ हेम मावि ताकम शिवाङकी मनिषा खत्रीले ३३ मिनेटमा लक्ष्य भेटाउँदै प्रथम स्थान हात पारेकी थिईन भने उपविजेता न्यु वेष्ट पोइन्ट आवासीय माविका एन्जिला खत्री (९३४ मिनेट ४७ सेकेण्ड) र तृतीय भएकी प्रकाश माविकी देबी थापा (९३८ मिनेट ४७ सकेण्ड)मा दुरी पार गरेका थिए ।

४१ मिनेट लगाएका बेनी सामुदायिक माविका तारादेबी क्षेत्री, सुजा बानिया र बिनिता क्षेत्री तीनै जना सान्तवना भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दानबहादुर राईले बताए । प्रतियोगितामा प्रथम, दृतीय, तृतीय र सान्तवना हुनेलाई क्रमश  ८ हजार, ५ हजार, ३ हजार र १ हजारका दरले पुरस्कार वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

विजेतालाई पुरस्कार वितरण गदैं प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले ग्रामिण क्षेत्रमा लुकेर रहेका खेलाडिहरुले आफ्नो क्षमता राष्ट्रिय स्तरमा देखाउन समेत नियमित प्रतियोगितात्मक गतिविधिहरु सञ्चालन गर्नुपर्ने बताए ।  उनले प्रतियोगिताले खेलाडीमा उर्जा थपिने भएकाले आयोजनकलाई सबै किसिमका खेलकुद प्रतियोगितामा ग्रामिण क्षेत्रमा लुकेका प्रतिभालाई प्राथमिकता दिन अनुरोध गरे । खेलाडीको प्रतिभा सुधार गर्ने र नयाँ ऊर्जाका साथै खेलाडीमा हौसला थप्ने गरी समितिले योजना बनाएको समितिका अध्यक्ष केसीको भनाई थियो । समापन कार्यक्रममा प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङ, प्रदेश सदस्य चन्दा घले लगायत जिल्ला समितिका कार्यसमितिका पदाधिकारी सहितको उपस्थिती रहेको थियो ।

Leave a Reply