नेपाली काग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा निर्बाचित खमबहादुर गर्बुजा (खम्बिर)ले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् ।

निकट भविस्यमै हुने स्थानीय तहको निर्वाचन अघिल्लो निर्वाचनका कमीकमजोरी तथा नयाँ योजना सहित जनताको माझमा जाने बताउँदै स्थानीय तह लगत्तै हुने प्रदेश र संघीय चुनावमा काँग्रेसलाई जिल्लामा पहिलो दल बनाउने आफ्नो कार्यसमितिको प्रमुख कार्यभार भएको बताए ।

सहमति नभएका पदमा मतदानको प्रक्रियाबाट चुनिएपनि आन्तरिक एकतामा कुनै असर नगरेको भन्दै निर्वाचनमा सहभागी भएकालाई आफ्नो क्षमता अनुसारको उचित जिम्मेबारीका लागी सधै तयार रहेको बताए ।  शनिबार पद तथा गोपनियताको सपथ लिदै सभापति गर्बुजाले पार्टीका अग्रजहरुको सम्मान तथा सुझावमा आगामी कार्यकाललाई समेत सफल बनाउने बताए ।

उनले जिल्ला कार्यसमितिमा चुनिएकालाई अनिवार्य बैठकमा सहभागी हुने, जिल्ला, प्रदेश समितिले नियमित आफ्नो गतिविधिलाई जिल्लामा लिखित उपलब्ध गराउने र भौगोलिक विकटताका कारण पार्टी कार्यालयमा हुने बैठकमा सहभागी हुन नसक्ने अवस्थामा पालिकास्तरमै बैठकको आयोजना गरिने बताए । ‘अब जिम्मेबारी लिएर पन्छिने छुट कसैलाई छैन्’ सभापति गर्बुजाले भने ।

रघुगंगा गाउँपालिका–४ दग्नाम निवासी उनले दोस्रो कार्यकालका लागि निर्बिरोध बनाउन सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद दिदैे थप जिम्मेबारी थपिएको बताए । उनले चुनाबलाई लक्षित गरी चोक, चियापसलमा पार्टीभित्रका गतिविधिका बारेमा नेताकार्यकर्ताले नै अनावश्यक बहस गर्ने गतिविधिले पार्टीको अभियानमा धक्का लाग्ने बताए ।

‘सुझाव र आलोचनाको सबै स्वागत गरिन्छ,‘जिम्मेबार नेताहरूले आफ्नो हैसियतलाई बुझ्नुहोला’ सभापति गर्बुजाले भने । उनले अधिवेशनसको समापनसँगै आन्तरिक प्रतिस्पर्धा सकिएको बताए । उनले अघिल्ला दुई निर्वाचनमा पराजित भएपनि पार्टीले दिएको जिम्मेबारी अनुसार अगाडी बढ्ने बताए ।

अधिबेशनमा जिल्ला सभापतिमा गर्बुजा निर्बिरोध भएपनि उपसभापति, सचिब, सहसचिब, सदस्य र महाधिबेशन प्रतिनिधीहरुका लागि बिहिबार मतदान भएको थियो । पटक–पटकको सहमतिमा उम्मेदवार पछि हट्न नमानेपछि भएको मतदानबाट उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी), सचिबमा हिराबहादुर पुन र भरत रकाल, सहसचिबमा श्रीराम पौडेल र धु्रुबराज कार्की निर्वाचित भएको निर्बाचन सहायक अधिकृत प्रकाश सुबेदीले बताए ।

उपसभापतिमा बिजयी बेनी नगरपालिकाका प्रमुख समेत रहेका श्रेष्ठले ३५४ र भण्डारीले ३७९ मत प्राप्त गरेका थिए । उपसभापतिका प्रत्यासी डमबहादुर पुनले २३८, माधबप्रसाद रेग्मीले ९९, भिमबहादुर कार्कीले ८६ र कमल छन्त्यालले ८६ मत प्राप्त गरे । यसअघिको कार्यसमितिमा रेग्मी उपसभापति, कार्की सचिब, छन्त्याल प्रदेश क्षेत्र (ख)को सभापति र अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष पुन महाधिबेशन प्रतिनिधी थिए । सचिबमा निर्बाचित पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गरे ।

सचिबका प्रत्यासी अजयमिलन श्रेष्ठले ३५३ र दुर्गाराम सुबेदीले १५६ मत प्राप्त लिएका थिए । श्रेष्ठ पार्टीका प्रबक्ता थिए भने उपाध्याय नेपाली कांग्रेस टे«ड यूनियनका सभापति हुन् । सहसचिबमा निर्बाचित कार्कीले ४०५ र पौडेलले ३८७ मत ल्याउँदा अर्का प्रत्यासी कमल उपाध्यायले २३१ मत पाए ।

महाधिबेशन प्रतिनिधीमा चिरञ्जबी शर्मा, जिबनकुमार मल्ल, धनबहादुर छन्त्याल, बिक्रम बोगटी, नेत्रबहादुर महत, रेशमबहादुर बानियाँ, मुकुन छन्त्याल, रेशमबहादुर बानिया, बिपिन खड्का, शिब केसी, श्रीप्रसाद रोका, चित्रबहादुर केसी, बलभद्र ढकाल, ओमकुमारी फगामी, पुनमकुमारी खोरजा, बिमला गौचन, खिमकुमारी पुर्जा, देबीकुमारी बुढा, धनकुमारी थापा, दिपेन्द्र श्रेष्ठ, बमबहादुर पुन र भिमबहादुर रोका, मनकुमारी बिक, यामबहादुर हर्मेल, अन्जित खान र सुरेन्द्र खत्री निर्बाचित भए ।

अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यहरूमा मनकुमारी तुलाचन, रुद्रप्रसाद शर्मा, लिलाबहादुर बानिया, अमृता भण्डारी, मनबहादुर शेरपुञ्जा, पुष्पा बानिया बरुवाल, गमबहादुर फगामी पुन, मनरुपा पुन, चमु पुन, युगकुमारी सेन, पुस्करबहादुर पुन, रामदेबी पुन, काजीमान रोका, लक्ष्मीकुमारी केसी, सम्मरबहादुर थापा, तुलसीदेबी पुर्जा, ललिता तिलिजा, पुर्णबहादुर तिलिजा पुन, बिलबहादुर फगामी, सम्झना परियार, बालकुमार लामिछाने र अमृतमान शेरचन रहेका छन् ।

बेलायती गोर्खा सैनिकका सेवानिबृत्त गर्बुजा बि.स. २०७० र २०७४ को संसदीय निर्बाचनमा नेपाली काँग्रेसबाट उमेद्वार बनेर पराजित भएका थिए । यसअघिको कार्यकालमा नेत्रबहादुर महतसँग चुनाब लडेका गर्बुजा दोस्रो पटक सर्बसम्मत नेतृत्व पाएपछि उनले यसपटक जिल्लामा आफ्नो उपस्थितीलाई नयाँ शैलीबाटै सञ्चालन गर्ने संकेत गरेका थिए ।

कांग्रेसमा प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउबा निकट भएपनि संस्थापन इतरका केन्द्रिय नेताहरूमा समेत निकट सम्बन्ध रहेको बताइन्छ । प्रदेशसभाको दुई वटै निर्बाचन क्षेत्र र चार वटा पालिका समितिमा सर्बसम्मत नेतृत्व चयन भएको थियो । बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट नेतृत्व चयन भएको थियो । ४५ मध्य बेनी नगरपालिका–५ र अन्नपूर्ण गाउँपालिका–६ को बाहेकको वडा कार्यसमिति पनि सर्बसम्मत चयन भएको थियो । ४५ वटा वडाको अधिबेशनबाट चयन भएका ७३५ जना प्रतिनिधी मध्य ७१२ जनाले रातीसम्म लाइनमा बसेर मतदान गरेका थिए ।

Leave a Reply