नेपाली मौलिक लोक नृत्यको संरक्षण तथा प्रर्बधन गर्ने उद्देश्यले घतान सेवा समाज दोहा कतारले जिल्लास्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गरेको छ । बेनी नगरपालिका–९, घतानबाट रोजगारको सिलसिलामा कतार पुगेका घतानबासीको साझा संस्था समाजले विस्तारै समुदायबाटै लोप हुने अवस्थामा पुगेको लोक नृत्यको जर्गेनासँगै पञ्चेबाजा कार्यक्रम समेत सञ्चालन गर्ने समाजका महासचिव रामकृष्ण शर्माले बताए ।

‘नयाँ पूस्ताको चाहना कला सास्कृतिकको जगेर्ना’ भन्ने मूल नाराका साथ माघ ७ गते गलेश्वर मावि तोरीपानीमा हुने प्रतियोगिताका लागि पत्रचार गरिने समाजका अध्यक्ष कमल खत्रीले जानकारी दिए । नयाँ पुस्तालाई मौलिक लोक संगीत र नृत्य हस्तानतरण गर्न चुनौती खडा भएको अवस्थामा समाजमार्फत प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार ५५५, द्धितियले १५ हजार ५५५, तृतियले १० हजार ५५५ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । समाजमा उत्तेजना फैलाउने नृत्यले व्यापकता पाएकोमा यो प्रतियोगिताले विद्यार्थीलाई लोक नृत्यमा आर्कषित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ । भेषभुषाले नृत्यमा विशेष महत्व राख्ने भएकाले प्रतियोगिताको समाजको आयोजना र गलेश्वर मावि तोरिपानीको सहजीकारणमा हुने विद्यालयका प्रअ गणेश बानियाँले बताए ।

Leave a Reply