नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसकेको थियो ।

“बाँकी १५ वटा वडामा पनि ११ गते हुने पालिका अधिबेशन अघिनै नेतृत्व चयन गर्ने तयारी भएको छ,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र मंगला गाउँपाकिलाको सबै वडामा अधिबेशन सकिएको छ ।”

संयोजक जुग्जालीले म्याग्दीमा माओवादी केन्द्रको सदस्य संख्या तीन हजार जना पुगेको पनि जानकारी दिनुभयो । छ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा छन् । अधिबेशन भएका सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

अधिवेशनबाट पाँच पदाधिकारीसहित २९ सदस्यीय नयाँ वडा कमिटी निर्वाचित हुनेछ । संयोजक जुग्जालीका अनुसार म्याग्दीमा माओवादीको सङ्गठित सदस्यको संख्या तीन हजार पुगेको छ ।

यसअघि मंगला गाउँपालिकाको १, २ र ३ नम्बर वडाको अधिबेशन गरेको माओवादीको शनिबार वडा न. ४ मा भएको अधिबेशनले वडा कमिटीको नयाँ नेतृत्व चयन गरेको छ । दलबिर पुनको अध्यक्षतामा गठन भएको मंगला ४ को वडा कमिटीको उपाध्यक्षमा मनबहादुर थजाली, सचिबमा दिलबहादुर पुर्जा, कोषाध्यक्षमा ज्योती सापकोटा र सहसचिबमा चन्द्रकली थापा चयन हुनुभएको छ ।

दलबिर पुनको अध्यक्षता, माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य टेकबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता र उमेश बिकको सञ्चालनमा भएको अधिबेशनमा गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोका लगायतको उपस्थिति थियो ।

शुक्रबार मंगला गाउँपालिका ५ अर्मनमा भएको अधिबेशनबाट अस्तमान घर्तिको अध्यक्षतामा तिलकबहादुर मगर उपाध्यक्ष, बलप्रसाद रोका सचिब, पस्मिता रोका कोषाध्यक्ष र रेशम परियार सहसचिब रहेको वडा कमिटि गठन भएको थियो ।

रघुगंगा गाउँपालिकाको वडा नम्बर १ बेगमा खिम पुर्जाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन भएको छ । रघुगंगा–२ भगवतीमा बिरबहादुर कटुवाल (बालकृष्ण)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय वडा कमिटिको उपाध्यक्षमा निर्मल कटुवाल र बिस्सु भण्डारी, सचिबमा राजेश परियार, सहसचिबमा कल्पना भण्डारी चयन हुनुभएको माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरी भण्डारीले जानकारी दिनुभयो ।

निर्बाचित वडा अध्यक्ष तथा माओवादीको गाउँपालिका कमिटिका इञ्चार्ज रिम कटुवालको प्रमुख आतिथ्यतामा अधिबेशन भएको थियो । रघुगंगा गाउँपालिका–३ पिप्लेमा रमेश शर्मा (नारायण)को अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि चयन भएको छ । कमिटीको उपाध्यक्षमा चिना केसी, सचिबमा प्रकाश सुबेदी, कोषाध्यक्षमा सरस्वती मल्ल र सहसचिबमा मिना मिजार चयन हुनुभएको छ ।

बेनी नगरपालिकाको वडा न. ६ मा यादब सुबेदी, ७ मा बिजय किसान र ८ मा मोहन बरुवालको अध्यक्षतामा २९÷२९ सदस्यीय वडा कमिटी गठन भएको छ । ८ नम्बर वडाको अधिबेशन गण्डकी प्रदेश सांसद बिनोद केसीको प्रमुख आतिथ्यता र ७ नम्बर वडाको अधिबेशन नगर कमिटि अध्यक्ष सेरबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नगर कमिटि अध्यक्ष केसीको प्रमुख आतिथ्यता र जिल्ला सदस्य अणबहादुर खड्का (भगवान) को अध्यक्षतामा बेनपा–४ सिंगामा सम्पन्न वडा अधिबेशनबाट केन खत्री (सन्दिप)को अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

उपाध्यक्षमा बिरेन्द्रमान शाक्य, सचिबमा तेजबहादुर बानिया, कोषाध्यक्षमा भिम गुरुङ र सहसचिबमा बलबहादुर आले चयन हुनुभएको छ । वडा अधिबेशनमा थामडाडाँका दृष्टिबिहिन ध्रुब गुरुङले माओवादीको पार्टी सदस्यता लिनुभएको थियो ।

बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरमा हिराबहादुर बोगटी (सुरत)को अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्षमा अशोक थापा, सचिबमा नरबहादुर थापा (निशान), सहसचिबमा अमरबहादुर बोगटी र कोषाध्यक्षमा दिवाना थापामगर रोका रहनुभएको नगर सहसंयोजक ज्योती लामिछानेले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाको वडा नम्बर ९ मा सुर्यप्रकाश बानिया (सागर)को अध्यक्षतामा गठन भएको २९ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा कल्पना सुबेदी, सचिबमा राम मिजार, कोषाध्यक्षमा मनु नेपाली र सहसचिबमा शोभा सुबेदी रहनुभएको वाइसीएलका जिल्ला संयोजक सन्दिप खत्रीले जानकारी दिनुभयो ।

घतानमा गण्डकी प्रदेश सांसद बिनोद केसीको प्रमुख आतिथ्यतामा वडा अधिबेशन भएको थियो । वडा नम्बर २ ज्यामरुककोटमा कृष्ण कार्की १० नम्बर वडा पात्लेखेतमा केशबहादुर बस्यालको अध्यक्षतामा वडा कमिटी गठन भएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर ५ पुलाचौरमा बिज्ञान केसी अध्यक्ष, भरत भण्डारी उपाध्यक्ष, गोर्खबहादुर किसान सचिब, मुरारी शर्मा कोषाध्यक्ष र सुस्मिता बानिया सहसचिब रहेको २९ सदस्यीय वडा कमिटी गठन भएको जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले जानकारी दिनुभयो ।

यसगरी अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ शिखमा उदिप्रसाद पाइजा, ६ घारमा टिकबहादुर बरुवालको अध्यक्षतामा १७ सदस्यीय र वडा नम्बर ७ हिस्तानमा नन्दबहादुर पुनको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको गाउँपालिका इञ्चार्ज बुद्धी पुनले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको वडा नम्बर ५ देबिस्थानमा पालिका इञ्चार्ज कुशल पौडेलको प्रमुख आतिथ्यतामा भएको अधिबेशनले रबिन्द्र राना अध्यक्ष, हिराबहादुर बिक उपाध्यक्ष, तुलनारायण पुन सचिब, बिमला श्रीपाली सहसचिब र रामकुमार नेपाली कोषाध्यक्ष रहेको वडा कमिटी गठन गरेको छ ।

मालिका गाउँपालिका ३ डाडागाउँमा मोतिप्रसाद बुढाको अध्यक्षतामा गोबिन्दबहादुर पटेल उपाध्यक्ष, लालबहादुर घताने सचिब, रिपाशा घर्ति सहसचिब र सर्मिला जैसी बिटालु रहेको वडा कमिटी गठन भएको जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

संयोजक जुग्जालीका अनुसार दरबाङमा ओमबहादुर रोका अध्यक्ष, खिमानन्द निउरे उपाध्यक्ष, नन्दप्रसाद सुनार सचिब, यामकुमारी सुनार सहसचिब र भोमसरा रोका कोषाध्यक्ष रहेको वडा कमिटी गठन भएको छ ।

वडा नम्बर ४ ओखरबोटमा रेशम पुनको अध्यक्षतामा उदबिर रसाइली उपाध्यक्ष, दलबहादुर खड्का क्षेत्री सचिब, आसिमान श्रीपाली सहसचिब र छिता बिक कोषाध्यक्ष रहेको वडा कमिटी गठन भएको छ ।

धवलागिरी गाउँपालिका, मालिका, रघुगंगा र अन्नपूर्णका बाँकी वडामा पनि छिट्टै अधिबेशनको तयारी भएको छ । धेरै ठाउँमा नेतृत्व हस्तान्तरण भएको छ । वडा कमिटीको पदाधीकारीमा युवा, दलित र महिलाहरुको बाहुन्यता देखिएको जिल्ला इञ्चार्ज पौडेलले बताउनुभयो ।मंगला गाउँपालिकाको १, २ र ३, रघुगंगाको ५ र ६ बेनीको ३, धवलागिरीको २ र मालिकाको २ नम्बर वडाको अधिबेशन यसअघिनै भएको थियो । १५ वटा वडामा नेतृत्व चयन गर्न बाँकी छ ।

Leave a Reply