अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

सुटिङ स्थल बन्दै पर्यटकीयस्थल रुइसे

On: November 21, 2021 12:57 PM
Follow Us:

तिलु शर्मा पौडेल\ अवलोकनको लागि म्याग्दीको रघुगंगा गाउँपालिका–२, रुइसे उत्तम गन्तव्य मानिन्छ । केहि वर्ष अघिसम्म ओझेलमा परेका म्याग्दीका पर्यटकीय क्षेत्रहरुमा पूर्वाधार निर्माणसँगै आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ।

वरिपरि जंगल, रमणीय वातावरण, म्याग्दी, पर्वन र बागलुङका दर्जनौँ बस्ती,धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छ्रे, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवलोकन गर्न सकिने र प्राकृतिक भू–वनोट, जैविक विविधताका साथै भ्यू–टावर लगायतका पूर्वाधारले पर्यटकलाई मात्रै आर्कषित गरेको छैन् यही सुन्दरताकै कारण म्युजिक भिडियोको सुटिङस्थल समेत बनेको छ ।

यही सुन्दर ठाउँमा चर्चित मोडल सुधीर श्रेष्ठ सहितको टोलीले म्यूजिक भिडियोका छायांकन गरिरहँदा वातावरण निकै रमाइलो बनेको थियो।म्यूजिक भिडियोमा देखिएका कलाकारहरू एकैपटक क्यामेरा सहित रुइसे पुगेपछि त्यहाँ घुम्न गएकाहरु समेत दंग परेका थिए । पछिल्लो समयका व्यस्त तथा महँगा मोडलहरूमा गनिएका कलाकारहरू सहित पुगेका दशक देखी सांगीतिक क्षेत्रमा रहेका भगवतीको हटिया घर भएका श्रेष्ठले आफ्नै ठाउँमा म्यूजिक भिडियोको छायांकनले उत्साहित भएको बताए ।

समुन्द्री सतह देखी २२०३ मिटर उचाइमा रहेको रुईसेको चिसोमा चार वटा गीतको सुटिङ गरिएको निर्देशक निसान घिमिरेले जानकारी दिए । घिमिरेले रुईसेको फोटो हेरेर सुटिङको लागी यो स्थानलाइ रोजेको बताउँदै सोचेको भन्दा उत्कृष्ट स्पटको रूपमा आफूले पाएको बताए । “तिमी मेरो जीवनमा“, “भन्नेहरूले जे भने पनि“, “खोला पारी“,“चैतको डढेलो“ बोलका गीतहरूको छायांकन गरिएको छ ।

‘एकै साताभित्र चारवटा गीतको सुटिङ भएको छ,‘यो यात्राले भविस्यमा फिल्मको सुटिङको वातावरण समेत बन्छ’ म्यूजिक भिडियाको अभियनका लागि आएका कलाकारहरुले भने । रुइसेलाई पर्यटकीय गन्तब्य बनाउन स्थानीयबासी तथा रघुगंगा गाउँपालिकाले समेत उच्च प्राथमिकताका साथ बजेट विनियोजन सहित प्रचारप्रचारमा सघाइरहेको छ। पछिल्लो समय विदामा घुम्न जाने एक सुन्दर गन्तब्यको रुपमा समेत रुइसेलाई लिन सकिन्छ ।