विश्वकै सातौं अग्लो धौलागिरी हिमालको आधार शिविरमा अलपत्र ८ विदेशीसहित १७ जना पर्यटक पथ प्रर्दशकको आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिकाको विभिन्न पैदलमार्ग हुदै आधार क्षेत्र हुदैं फ्रेन्च पास भएर ५३ सय मिटर अग्लो उचाइमा अवस्थित हिँडन भ्याली आइपुग्दा बाक्लो हिमपात भएको र हिमपातका कारण गन्तब्य पहिल्याउन नसकेपछि अलपत्र परेकालाई उद्धार गरिएको हो ।

आधार क्षेत्रमा जाने अधिकांस म्याग्दी हुदै जाने गरेपनि फर्किने बेलामा मुस्ताङको मार्ग प्रयोग गर्ने गरेकाले पनि समस्या हुने गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार धौलागिरी आधार शिविरबाट बेल्जियमका ४ जना,स्पेनीस ४ जना र १७ जना नेपाली पथप्रदर्शक गाइडको उद्दार गरिएको हो ।उनीहरुलाई धौलागिरि आधार शिविरको हिडन भ्यालीबाट जोमसोम ल्याइ सकुशल हेलि उद्दार गरिएको हो ।

जसमध्ये २ जना पुरुष र २ महिला गरी ४ जना बेल्जियम पर्यटक र दुईजना स्पेनीस पुरुष पर्यटकले ट्राभल एजेन्सीमार्फत त्यहाँ पुगेका थिए भने अर्को २ जना स्पेनीस पर्यटक बिना प्रथप्रदर्शक आधार शिविर पुगेका थिए ।उनीहरु सबैको हेलिमार्फत उद्दार भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रतिकुल मौसमका कारण अव आधार क्षेत्रमा आवतजावत जोखिमपूर्ण हुने पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले बताए । उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ ।

Leave a Reply