बागलुङमा शनिबार भएको नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन् । जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ निवासी १८ वर्षीया सापकोटा नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ क बाट प्रदेश महाधिवेशन प्रतिनिधिमा चुनावी प्रतिस्पर्धाबाट सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएकी हुन् । उनले २८६ मत ल्याएर विजयी भएकी छन् ।

सापकोटा गण्डकी प्रदेशकै सबैभन्दा कान्छो प्रदेश महाधिवेशन प्रतिनिधि भएको नेपाली कांग्रेस बागलुङका पार्टी अध्यक्ष दिपेन्द्र थापाले नयाँ विश्वलाई बताए । कक्षा ११÷१२ कानुन विषय पढेर सकाएकी सापकोटाले अब स्नातकको पढाई सुरु गर्ने तयारीमा छिन् ।विजयी बनेकी सापकोटाले नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण भएको र यसले मुलुक परिवर्तनमा अग्रणी भूमिका खेलेको हुँदा आफूले कांग्रेस पार्टीलाई राजेको बताइन् ।

अबको कांग्रेस समय, परिस्थित, देश र जनताका लागि समर्पित हुने खालको हुनु पर्ने भन्दै त्यसमा आफूले पनि सकेको योगदान पु¥याउने बताइन् । उनले सानैदेखि गाउँ घरमा राजनीतिक विषयमा भेला, छलफल, कार्यक्रम हुने गरेको र त्यही कार्यक्रमहरुबाट आफू प्रभावित भई राजनीतिमा लागेको बताइन् ।

Leave a Reply