म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका १७ बर्षिय फुटवल खेलाडी निराजन खत्रीले जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका छन् । जावलाखेल युथ क्लबमा अनुबन्धन भएका खत्रीले नेपाल आयल निगम मनाङ–मस्र्याङ्दी क्लबसँगको खेलमा मैदानमा उत्रिएका थिए ।

सानै उमेरदेखि फुटवल खेलमा पहिचान स्थापित गरेका खत्री दुई बर्षका लागि अनुबन्धन भएका खत्रीले आफ्नो क्षमता अनुसार खेल प्रर्दशन गर्न सकेका थिए । अनुभवी खेलाडीसँगै मैदानमा उत्रिएका मिडफिल्डर खत्रीले विपक्षीलाई रोक्न गरेका प्रयासहरुबाट सन्तुष्ट रहेको बताए । एन्फा एकेडेमि बुटवलमा रहेर विगत ४ बर्षदेखि विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीताहरुमा मिड फिल्डरको रुपमा सहभागी भएर उत्कृष्ट खेल कौसल देखाउँदै आएका छन् ।

खत्रीले जापानमा भएको यू–१२ च्याम्पियनसिप, भारतमा भएको यू–१५ साफ च्याम्पियनसिप, जोर्डनमा भएको यू–१६ च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टीमबाट भाग लिइसकेका छन् ।प्रतियोगितामा मनाङले जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै लिगमा सुखद् सुरुआत गरेको पनि खेलमा जावलाखेलले समेत खेल सुधारेको छ ।

खत्रीले भारतमा भएकोे यू–१५ साफ च्याम्पियनसिपको प्रतियोगिता अवधिमा २ गोल गर्न सफल भएका थिए भने जापानमा भएको यू–१२ च्याम्पियनसिपमा प्रतियोगिता अवधिभर १० गोल गर्दै नेपाली टोलीबाट सर्वाधिक गोलकर्ता बनेका थिए । सानैदेखि फुटवलमा रुचि राख्ने खत्री मोफसलबाट राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म आफ्नो खेल प्रतिभा पदर्शन गर्न सफल भएका छन् । राष्ट्रिय स्तरका प्रतियोगिता संगै अन्तराष्ट्रिय मैदानमा भाग लिएको अनुभवलाई थप निखार ल्याएर जावलाखेल क्लबबाट भाग लिने प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्न प्रयासरत रहने खत्रीको योजना छ । Photo Source: Hamrokhelkud.com

Leave a Reply