---Advertisement---

मुस्ताङबाट बेनी आउँदै गरेको जीप दुर्घटना

On: November 22, 2021 11:49 AM
Follow Us:

हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँ पालिका वडा नं-१ मा पर्ने म्हन्सिङ खोला नजिकै आज बिहान जिप दुर्घटना भएको छ । बिहान करिब ४:४५ बजेतिर उक्त जिप दुर्घटना भएको हो । जोमसोमदेखि पोखरातर्फ जाँदै गरेको ग १ ज ७७०३ नम्बरको जिप दुर्घटना हुँदा जिपमा सवार चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जनाएको हो ।

दुर्घटना हुनेमा कास्की जिल्ला, अन्नपूर्ण गाउँ पालिका वडा नं-३ काँडे बस्ने चालक बर्ष २४ को भिजन बिक, ताप्लेजुङ जिल्ला, महिखोला गाउँ पालिका वडा ढुङ्गेसाँघु बस्ने बर्ष ३० कि कल्पना श्रेष्ठ, दोलखा जिल्ला, भिमेस्वर गाउँ पालिका वडा नं,५ बस्ने बर्ष ४५ कि मैयाँ थापा, सोहि ठेगानाको बर्ष ५२ को बाबुराम थापा र बर्ष २४ कि अनिसा थापा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जोमसोमका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए, उनका अनुसार गम्भीर घाइते भएकाहरुलाइ पोखरा लैजाने तयारी भएको छ ।

घुम्तीमा जिप अनियंत्रित भइ सडकदेखि करिब २० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । मुस्ताङको कोबाङ प्रहरी चौकिका प्रसनी नेत्र जिटिको कमाण्डमा आएको ४ जनाको टोलिले घटनास्थलबाट घाइतेहरुलाइ तुरुन्तै उद्दार गरि जोमसोम अस्पताल पठाएको प्रहरी निरीक्षक अधिकारीले बताए । घाइते हुने दुइजना कल्पना श्रेष्ठ र अनिसा थापा जोमसोम शिक्षालय मुस्ताङमा कार्यरत हुन् । उनीहरु दुबैजना छुट्टीमा घर जान लागेका हुन् । घाइतेहरूको थप उपचारको लागि उनीहरुलाई आजै पोखरा रिफर गर्ने अधिकारीले बताए ।