म्याग्दी जिल्लामा फूलको कोपिलाजस्तै फक्रिन नपाई दानविय मनस्थिति भएका यौन पिपासुहरूबाट बलात्कृत भएका घटना धमाधम सार्वजनिक हुन थालेको छ। आफ्नै घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले ७ वर्षीया नातिनीलाई कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेको घटना साता बित्न नपाउँदै फेरी अर्की बालिका बलात्कारको घटना सार्वजनिक भएको छ।

बालिकालाई अश्लिल फिल्म देखाउने गरी ललाईफकाई आफ्नै घरमा लगेर मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले जवरजस्ती करणी गरे। गएको कात्तिक १८ गते जबरजस्ती करणी गरेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बिरेन्द्रराज गुरूङले बताए। उनले अनुसन्धानकै क्रममा प्रहरीलाई समेत घटना यस्ता हुन्छन् जुन सुन्दा पनि जोकोहीको आङ सिरिङ हुनेमा बलात्कारको घटना भएको बताए।

‘हामीले ढिलागरी खबर थाहा पायौँ,तिहारको आसपासमा बालिका गाउँबाट मामाघर गई फर्किएलगत्तै घटना सार्वजनिक भयो’ गुरूङले भने। पीडित बालिकाले आफूमाथि गरेको सम्पूर्ण क्रियाकलाप बारे पनि मुख खोलेकी थिईन्। प्रहरीको अनुसन्धानमा बालिकालाई अश्लिल भिडियो देखाउने गरी बिकले कोठाभित्र लगेका र संवेदनशील अङ्ग समात्दै विभिन्न गतिविधि गरेको स्वीकारेका छन्।

उक्त घटनापछि बिकको गतिविधि समेत संकास्पद देखिएको स्थानीयको भनाई छ। आरोपी बिकलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएर थप अनुसन्धान तथा स्वास्थ्य परिक्षणका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ। घटनामा संलग्न आरोपीलाई आइतबार प्रहरीले जिल्ला अदालत म्याग्दीबाट सात दिनको म्याद थप अनुसन्धान सुरू गरेको छ।

बालिकाको अवस्था भने खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अराोपीलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ को दफा २१९ को उपदफा (३) को (क) बमोजिम दश वर्षभन्दा कम उमेरकी वालिकालाई जबरजस्ती करणी गरेमा जन्मकैदको सजाय माग गदैं मुद्दा दर्ता गरिने प्रहरीले जनाएको छ।

यसअघि गत कात्तिक २ गते बेनी नगरपालिका–५ की २५ वर्षीया महिलालाई सामूहिक करणी, बेनी नगरपालिका–३ भकिम्ली डाँडाखानीमा कात्तिक १५ गते अशक्त ५२ वर्षीया महिलालाई धम्क्याएर स्थानीय ४२ वर्षीया जबरजस्ती र कात्तिक २७ गते शनिबार बेनी नगरपालिका–५ को एक गाउँमा ८ वर्षीया नातिनीलाई घरमा बसिरहेका बेला ७८ वर्षीय आफ्नै हजुरबुबाले कोठामा लगेर हप्काउँदै बालिकाको संवेदनशील अङ्ग समातेर जबरजस्तीको प्रयास गरेका थिए।

माया र स्नेह गर्ने मात्रै नभई घरका सबैभन्दा पाका,घरपरिवारले विश्वास र भरोसा मानिने व्यक्तिहरूबाटै कलिला बालिकाले गहिरो चोटको सामाना गर्नुपरेको छ। कलिला नानीलाई सुन्दर भविष्यतर्फ डोर्‍याउनुपर्ने हजुरबुबा, बुबा र आफन्तबाटै कल्पना पनि गर्न नसकिने बलात्कारको घटनाले स्तब्ध भएबो बताउँदै जवरजस्ती करणी बिरुद्धको अभियानलाई प्रभावकारी हुने बताइएको छ।

बालबालिकालाई फकाउन, लोभ्याउन र धम्क्याउन सहज हुने, प्रतिकार गर्न नसक्ने तथा यौन हिंसाको हाउभाउ नबुझ्ने भएकाले जबरजस्तीको घटना घट्ने गरेकाले सामाजिक संघसंस्थासहित विद्यालयमार्फत जनचेतनामुलक कार्यक्रम गरी बलात्कारजन्य गतिविधिलाई न्यूनिकरणमा बल पुग्ने कार्यक्रम सञ्चालन गर्न ढिलाई गर्न नहुने भन्दै अधिकारकर्मीको भनाई छ।

यौन पिपासुले कलिला बालिकामाथि झम्टिन थालेका हृदयविदारक दृष्यहरूले समुदाय नै स्तब्ध भएको छ। जिल्ला प्रहरी कार्यालय  म्याग्दीको तथ्याङ्क अनुसार यसवर्ष हालसम्म जबरजस्ती करणीका ७ वटा दर्ता भएको छ भने दुई बालिकाको करणी घटना अनुसन्धानमै रहेको छ। पछिल्ला तीनवर्षमा प्रहरीमा दर्ता भएको जबर्जस्ती करणी सहित यौनजन्य क्रियाकलापमा संलग्न अधिकांश आफन्त,छिमेकी र चिनजानका भएको पाइएको छ। कात्तिक र मंसिर महिनामा दर्ता भएका ४ वटै जबरजस्ती करणीका घटना आफन्त, छिमेकी र चिनेजानेकाबाट भएको देखिएको प्रहरीले जनाएको छ।

Leave a Reply