म्याग्दीको मंगला गाउँपालिका-२,मिठौलाका एक यूवा जंगलमा लगेर जबरजस्ती करणी गरेका छन् । सोमबार साढे ५ बजे तल्लो डडुवाको तुसानीस्थित सानो पाखो खेतमा चिया खान जाउँ भन्दै जंगलमा लगेर जबरजस्ती गरेका २८ बर्षिया लक्ष्मण किसानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विभिन्न बाहनामा शरीरमा छुने गरेका किसानले धम्की दिदैं हात समातेर जंगलमा लगेको पीडित यूवतीका आफन्तले बताएका छन् । जंगलमा लगेर युवतीलाई जबरजस्ती करणी गरेपछि किसान फरार भएका थिए भने पीडितका आफन्तले उद्धार गरेर घर लगेका थिए । घटनास्थलबाट भाग्दै गरेको प्रत्यक्षदर्शीले समेत देखेका थिए ।

पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको र सोही उजुरीको आधारमा पीडकलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरिक्षक विरेन्द्र गुरूङले बताए ।

गएको साता मंगला गाउँपालिका–५,की ७ वर्षीया बालिकालाई गाउँकै ४७ वर्षीय थम बहादुर बिकले अश्लिल फिल्म देखाउँदै करणीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । म्याग्दीका कात्तिक कात्तिक र मंसिर महिनामा मात्रै १० बर्ष मुनिका दुई बालिका, एक महिलालाई सामुहिक करणी र एक अपाङ्क महिलालाई करणीको प्रयास गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दीमा पछिल्लो समय जबरजस्ती करणीका घटना ह्वात्तै बढेको छ ।

Leave a Reply