नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले प्रचण्डले नेतृत्व हस्तान्तरण गरे पार्टी एकता सम्भव रहेको बताएका छन् । सबै माओवादीहरु एकीकृत हुनका लागि प्रचण्ड पार्टीको संरक्षकमा बसेर नेतृत्व छोड्न तयार नहुदाँ सम्म अहिलेकै अवस्थामा कुनैपनि हालतमा पार्टी एकता नहुने बताएका हुन् ।

बुधबार मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई म्याग्दीको सदरमुकाम बेनीमा सम्बोधन गदैं महासचिव चन्दले जनयूद्ध, सत्ताको नेतृत्वमा पुगेर प्रचण्डले अनुभव गरिसकेकाले सहिद, घाईते र मान्छेका सपनाहरु पूरा गर्न माओवादी क्रान्तिकारीहरु ध्रुविकृतका लागि समेत नेतृत्व परिवर्तनको विकल्प नभएको बताए ।

‘भेटघाट नै नभएको अवस्थामा पार्टी एकताको हल्ला चलेको छ,‘स्वार्थी रवैयाका कारण अहिलेकै अवस्थामा एकता सम्भव नै छैन’ महासचिव चन्दले भने । पार्टी एकता र निरन्तर भेटघाटका बारेमा सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको समेत दावी गरे ।

‘एकै दिनमा पार्टी एकता हुने होईन्,यहाँ मिल्नुपर्ने धेरै कुरा छ’ नेता चन्दले भने । उनले माओवादी केन्द्रसँग एकताको आवश्यकता रहेको भएपनि आगामी कार्यदिशा, सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा सहयोग, जनयूद्धको कार्यदिशा लागु लगायत विषयमा प्रष्ट नहुदाँसम्म एक्लै संघर्ष गर्ने बताए ।

महासचिव चन्दले संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भएकाले वैज्ञानिक समाजवाद वा दलाल पुँजीवाद रोज्ने अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई प्रदान दिनुपर्ने बताए । ‘संसदीय व्यवस्थामै समस्या देखिएको छ,‘जनमत संग्रहको सामाना गर्न अहिलेका राजनीतिक दल तयार छैनन्’ उनले भने ।

नेता चन्दले संसदीय व्यवस्थामै अहिले आफ्नो पार्टीलाई आधा दर्जन मन्त्रालय सहित करोडौंको प्रस्ताव गरिएको समेत दावी गरेका छन् । ‘हामी पद, पैसा र कुर्सीको प्रलोभनमा परेर एकता गर्दैनौं,‘जनयूद्धका सहिदको सपना पुरा हुन अझै बाँकी छ,‘पद र पैसाको राजनीतिले समस्यालाई समाधान गर्ने नभई देशलाई नै झन् ठूलो संकटमा फसाएको छ’ नेता चन्दले भने।

जनयूद्धको नेतृत्व गर्ने प्रचण्ड–बाबुरामप्रति कटाक्ष गर्दै जनयुद्ध पश्चात् प्रचण्ड र बाबुरामले सत्ताको स्वाद र विदेशीको इसारामा गलत बाटो राजेको र त्यसैको परिणाम अहिलेको राजनीतिक परिस्थितिमा संकट देखिएको बताए । उनले भारतीय हस्तक्षेपका कारण नेपालका ठू्रला जलविद्युत आयोजनाहरू सहित प्राकृतिक स्रोतसाधनमा घोषित रुपमै कब्जा जमाउने काम भएको समेत बताए ।

उनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग भएका सहमति अहिलेको सरकारले कार्यान्वयन नगरेको भन्दै ध्यानाकर्षण समेत गराएका छन् । गठबन्धन सरकारसँगसर्तहरू पूरा गर्न गरिएको प्रयास सफल नभएको भन्दै महासचिव चन्दले आक्रोश पोखेका छन् । उनले जनताको अधिकार स्थापित नभए फेरी पनि विद्रोह कसैले रोक्न नसक्ने बताए ।

अधिकांस समय राष्ट्रिय राजनीतिका बारेमा बोलेका चन्दले म्याग्दीमा माओवादीले गरेको बेनी आक्रमणको समेत स्मरण गदैं जनयूद्धका हतियार आफ्नो पार्टीसँग नभएको बताए । उनले विभिन्न सञ्चारमाध्यममा विप्लवसँग हतियार रहेको भन्दै अनावश्यक भ्रम फैलाउने प्रयास गरिएको बताउँदै आफूहरुसँग विचारको हतियार रहेको बताउँदै कसैले दमन गर्न खोजे आवश्यक परे सबै चिज हतियार बन्न सक्ने बताए ।

जनयूद्धको हतियारहरू अहिले सत्तामा भएकाहरूसँग हुनसक्ने भन्दै प्रचण्डतर्फ लक्षित गदैं नेता चन्दले हतियार जनताको आवश्यकता अनुसार उत्पादन गर्न सकिने समेत बताए । मंगलबार म्याग्दी आएका चन्द पार्टीका धौलागिरी इन्चार्ज धुब्र घिमिरेको घरमा बसेका छन् ।

पार्टी पुनस्थापना दिवशको अवसर पारेर गरिएको आयोजना गरिएको आयोजक समितिका संयोजक गम बहादुर श्रीस मगरले बताए । उद्घाटनको अवसरमा बेनीबजार मा बिभिन्न झाँकी र जुलुस सहित परिक्रमा गरि खुल्ला मञ्चमा पुगेका थिए । बिहिबारसम्म चल्ने सम्मेलनमा देशभरिबाट १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी छन् ।

Leave a Reply