म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले स्थानीयसँग गरेको लिखित र मौखिक माग पूरा नगरेको भन्दै स्थानीयले निर्माण कार्यमै अवरोध पु¥याएका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ र ६ वडाको सिमानामा निर्माणधिन अवस्थामा रहेको आयोजनाले जनप्रतिनिधि सहित सरोकारवाला निकायको उपस्थितीमा गरेको प्रतिबद्धता पूरा नगरी समुदायलाई धम्की दिने गरेको भन्दै म्याग्दी हाइड्रोपावर आन्तरिक पहुँचमार्ग संघर्ष समितिले चरणबद्ध आन्दोलनको कार्यक्रम सुरू गरेको छ ।

निर्माणधिन अवस्थामा रहेको हाइड्रोपावर कम्पनीको दादागिरीबाट आजित भएका पीडितले बाध्य भएर आन्दोलनमा उत्रिएको संघर्ष समितिका संयोजक राजु बरुवालले बताए । ‘पीडितलाई पहुँच देखाएर धम्कीपूर्ण भाषाको प्रयोग भएको छ,‘सधै दबिएर बस्न सक्ने अवस्था नभएपछि आन्दोलनमा उत्रिएका छौ’ संयोजक बरुवालले भने ।उनले माग पूरा नभएसम्मका लागि विद्युत गृहको काम चल्न नदिने समेत बताए ।

संघर्ष समितिले आन्तरिक पहुँचमार्ग(बिरौटा चोक देखि कुरिबौरसम्मको ९ बुँदे माग राखेर आन्दोलित भएको यूवा दिपक बरुवालले बताए । समुदायको नियमित भोकचलन गदैं आएका प्राकृतिक स्रोतसाधनलाई जलविद्युतले कब्जा जमाएपनि सामान्य माग समेत पुरा नगरेको उनले बताए ।

संघर्ष समितिले आन्तरिक पहुँचमार्ग पक्की नाली सहित दुई लेनको हुनुपर्ने, ब्यक्ति र सार्वजनिक जग्गाको संरक्षण, खानेपानीको मुल सुक्न थालेकाले संरक्षण, आयोजनाले समुदायमा बनाउने संरचनाको मर्मत नियमित गनुपर्ने र प्रभावित क्षेत्रका जनालाई सिचाई सुविधा दिनुपर्ने लगायतका माग राखेको छ ।

सन् २०१८ जनवरीदेखि शुरू भएको आयोजना अन्तिम चरणमा रहेको छ । शिख र घारको सिमानामा पर्ने कुरिलाबगरमा बाँध रहेको आयोजना प्रभावितले पटकपटक गरेको आन्दोलनलाई प्रशासनको दवावमा निस्तेज पार्ने प्रयास गरिएपनि यसपटक स्थानीय पछाडी नहट्ने संकेत देखाएका छन् ।

Leave a Reply