विगत दुईबर्ष यता कोरोनाको कारण म्याग्दीको सदरमुकाम बेनीमा पुराना कला र संस्कृति कार्यक्रम निकै कम देख्न पाइन्छ। सदरमुकाम बेनीमा हुने मेलामहोत्व देखि राजनीतिक कार्यक्रमसम्म म्याग्दीको मौलिक थाली र पुख्यौली नाचले स्थान पाउने गरेको छ ।

कोरोनाको जोखिमका कारण कला र संस्कृतिको प्रर्दशनीमै असर गरिरहेको अवस्थामा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनमा थाली, पुख्यौली र नौमति बाजाले मेलामहोत्सवकै झल्को दिएको थियो ।

राष्ट्रिय सम्मेलनमा बेनी थाली नाच समुहबाट हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाएको र नाचेको दृष्यलाई प्रमुख अतिथि विप्लव लगायत अतिथिले निकै चासोपु्र्वक हेरेका थिए । बेनीबजारमै रहेर विभिन्न पेशासँगै कला र संस्कृतिको संरक्षणमा समेत सक्रिय महिलाहरुले थाली नाच देखाएका थिए ।  समुहकी कमलाकुमारी पुनले म्याग्दी जिल्लाको पहिचान जस्तै भएको थाली नाचले बाहिरी जिल्लाबाट आएका अतिथि तथा प्रतिनिधिबाट प्रचारप्रसारमा समेत टेवा पुगेको बताउनुभयो ।

उहाँले थाली नाचले जनजातिको सांंस्कृतिक सन्देशसँगै कलालाई समेत झल्काउने बताउनुभयो । म्याग्दीको चिमखोलामा २०२४–०२५ सालबाट सुरू भएको म्याग्दी जिल्लाकै पहिचानको रुपमा रहेको थाली नाचको लोकप्रिता अहिले पनि कुनै कमी छैन । सावधानीपुर्वक कलात्मक प्रस्तुतीमा नाचिने थालीनाचले जिल्लाको जनजातीको मौलिकता समेत झल्काउने गरेको कलाकार पुनको भनाई छ ।

महिलाले नृत्य अवधिभर एक जादुगरले सर्कमा प्रस्तुत गर्ने कला जस्तै भएकाले पनि यो नृत्यले सबैको ध्यान तान्ने गरेको छ । महिला कलाकारले गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्य गर्छन् । २०२८ सालमा चिमखोलाकी हरिमाया पुनले देशका विभिन्न ठाउँमा पुगेर देखाउन सुरु गरेका थाली नाच २०४४ सालमा काठमाडोमा भएको सार्क सम्मेलनमा पनि प्रस्तुत गरेपछि नाचले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो । नृत्य जो कोहीलाई प्रस्तुत गर्न गाहे हुन्छ । हातखुट्टा र शरिरको चाल मिल्नुपर्छ ।थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिन्छ ।

 

Leave a Reply