बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित बृद्धआश्रममा कोरोनाभाइरसको संक्रमण फैलिएको पुष्टि भएपछि सिल गरिएको छ। आश्रममा बस्ने एक जेष्ठ नागरिकको कोरोनाबाट मृत्युपछि गरिएको कन्ट्याक टे«सिङमा थप ६ जनामा समेत कोरोनाभाइरसको संक्रमण देखिएपछि बुधबारदेखि आश्रम र संस्कृत विद्यालय आसपासको क्षेत्र सिल गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु भएकी बृद्धालाई आफन्त वा बाहिरबाट आवतजावत गर्नेबाटै संक्रमण फैलिएको हुनसक्ने अनुमान गरिएको छ । नेपाल रेडक्रस सोसाईटीका कोरोना नियन्त्रण अभियानका संयोजक सुरत केसीले आश्रमभित्र भेटघाट, विभिन्न सहयोग लिएर जानेबाटै संक्रमण फैलिएको हुनसक्ने भएकाले थप संक्रमण फैलिन नदिन आश्रमभित्रबाट कोही पनि बाहिरिन र अन्यत्रबाट भित्रिन नपाउने गरी कडाइ गरिएको छ ।

आश्रमभित्र रहेका बृद्धबृद्धा, संस्कृत विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारी सहित ७९ जनाको स्वाब संकलनका तथा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ । आश्रमभित्रबाट समेत आसपासका समुदायमा फैलिन सक्ने भएकाले संक्रमणको जोखिम न्यूनीकरण गर्न स्वास्थ्यकर्मीले सचेत बनाएका छन् ।

विगतमा आश्रमभित्र गरिएको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य इकाईको अनुसार बृद्धबृद्धामा सुगर, प्रेसर, पिसावमा खरावी, हाडर्जोनी, नसाको समस्या अत्याधिक रहेको पाइएको थियो । दिर्घंरोगीहरू भएकाले हेल्चेक्राई गरे कोरोना सङ्क्रमण भयावह हुन सक्ने स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए ।

Leave a Reply