नेकपा एमाले म्याग्दीका दुई प्रभावशाली नेता दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीमा छन्।गण्डकी प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री नरदेवी पुन र संविधान सभाका सदस्य नवराज शर्माले केन्द्रिय सदस्यका लागि तयारी थाल्नुभएको छ ।

२०४२मा शिक्षकको स्थाई पद छाडेर राजनितिमा सक्रिय पूर्व संघीय राज्यमन्त्री समेत रहनुभएकी पुनले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि केन्द्रिय सदस्यमा निर्वाचित हुने सम्भावना धेरै रहेको नेकपा एमाले निकट स्रोतको भनाई छ ।

यता दोस्रो संविधानसभाको निर्वाचनमा विजय हुनुभएका शर्माले खसआर्य कोटाबाट उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो । ‘म छलफलमै ब्यस्त छु,‘यसपटक मेरो उम्मेदवारी हुन्छ’ शर्माले बेनीअनलाइनलाई भन्नुभयो । नेकपा विभाजनको क्रममा म्याग्दीमा अध्यक्ष केपी ओलीको पक्षमा सक्रियतापूर्वक गतिविधिमा सहभागी हुदैं आउनुभएका शर्माले आफ्नो अवको यात्रा प्रदेश नभई केन्द्रिय राजनीति भएको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीमा नेताद्धय पुन र शमाको सक्रियताकै कारण समेत केन्द्रिय सदस्यमा सर्वसम्मत हुन सक्ने एमाले म्याग्दीका यूवा नेता सुवाश विश्वकर्माले बताए । दसौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट एमालेको ठूलो संख्यामा चितवन जादैछन् ।

Leave a Reply