नेकपा एमालेको १० औ राष्टिय महाधिवेशनमा म्याग्दीबाट करिब १३ सय नेता कार्यकर्ता चितवन प्रस्थान गरेका छन् । महाधिवेशमा जिल्लाका सबै स्थानीय तहबाट जान ५० निजी तथा भाडाका सवारीसाधनको प्रयोग गरी अधिकांस चितवन पुगिसकेका छन् ।

म्याग्दीबाट जानेमा सबैभन्दा धेरै बेनी नगरपालिकाबाट १२ बस र ५ निजी सवारीसाधनमा ५ सय जना प्रस्थान गरेको नेकपा एमाले बेनी नगर कमिटी अध्यक्ष नारायण जिसीले बताए । उनले मोटरसाईकलमा जानेहरूको संख्या समेत अत्याधिक भएकाले महाधिवेशनमा म्याग्दीबाट ठूलो संख्यामा नेताकार्यकर्ता पुग्ने बताए ।

बेनी नगरपालिका बाहेक मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाबाट समेत सवारीसाधनबाट बिहिबार बेलुकीसम्म महाधिवेशनस्थलसम्म पुग्ने नगर कमिटी अध्यक्ष जिसीको भनाई छ । ‘जिल्लाबाट आउने चाहनको संख्या धेरै छ,‘बेलुकीसम्म आवश्यकता हेरेर थप सवारीसाधनबाट आउने देखिएको छ’ उनले भने ।

जिल्लाका बिभिन्न गाउँपालिकाबाट आएका कार्यकर्ता सदरमुकाम बेनी आसपास क्षेत्रबाट पार्टीको भण्डा लिएर गएका छन् । नेकपा एमालेबाट माधब समुह बाहिरिएपछिको अवस्थामा जिल्लाबाट यसअगाडीका महाधिवेशनमा भन्दा धेरै कार्यकर्ताहरु गएको यूवा संघ नेपालका गण्डकी ईन्चार्ज एवम् महाधिवेशन प्रतिनिधि सन्तोष रावलले बताए ।

‘यसअगाडीका महाधिवेशनमा कार्यकर्तामै यतिधेरै चासो थिएन्,‘अहिले चितवन कार्यकर्तामय भएको छ,‘धेरै आफ्नै तयारीमा आउनुभएको छ’ रावलले भने ।  महाधिवेशनमा एमालेको केन्द्रीय सदस्यका लागि जिल्लाबाट मात्रै चार जनाले आकांक्षा देखाएका छन । म्याग्दीबाट हाल केन्द्रीय सदस्य रहेका सांसद भुपेन्द्र बहादुर थापा बाहेक खुल्लाबाट नवराज शर्मा, हरिकृष्ण श्रेष्ठ, महिलाबाट नरदेवी पुन, थमसरा पुनले केन्द्रीय सदस्यमा उठ्ने बताइएको छ ।

एक निर्वाचन क्षेत्र भएकाले म्याग्दीबाट पुरुष र महिलातर्फ एकएक जना केन्द्रिय सदस्यको सम्भावना रहेपनि उम्मेदवारी दिएका सबै यसअगाडी नेकपा हुदाँ अध्यक्ष केपी शर्मा ओलीको लाइनमा रहेकाले सहमतिबाटै टुंगिने सम्भावना रहेको छ ।

Leave a Reply