म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा बिहिबार नेकपा माओवादी केन्द्रको प्रथम वडा अधिबेशन सम्पन्न भएको छ ।अधिबेशनले रमेश पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको छ । उपाध्यक्षमा कबिर गोतामे, सचिबमा पुकार घर्ति, सहसचिबमा सुनमाया सेती र कोषाध्यक्षमा प्रेमिका सेती रहनुभएको छ ।

अधिबेशनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जालीले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था लगायत माओवादी आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्न, संबिधान र देशको संरक्षणका लागि माओवादी पार्टीलाई बलीयो बनाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा माओवादीका जिल्ला सदस्य गौरी सेञ्चुरी, दोरण शेरचन लगायतको उपस्थिति थियो । निस्कोट सहित मालिका गाउँपालिकाको ७ वटै वडामा माओवादी केन्द्रको वडा अधिबेशन र नेतृत्व चयन भएको छ । यसअघि वडा न. २ देखि ७ को अधिबेशनबाट नेतृत्व चयन भएको थियो ।

 

Leave a Reply