धौलाश्रीरी पुन मगर समाज पोखराको भवन निर्माणका लागि पुन मगर समाज यूकेले चार लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । मगर समुदायको कला, संस्कृतिको संरक्षण तथा जातिय एकता र सहकार्यलाई थप प्रभावकारी बनाउन समाजले रामबजारमा बनाउँदै गरेको भवनलाई यूकेबाट ४ लाख ३३ रुपैयाँ संकलन गरिएको हो ।

पुन मगर समाज युकेका अध्यक्ष बल बहादुर पुर्जा मगरको अध्यक्षतामा बसेको बैठकले कार्यसमिति र सदस्यबाट उक्त सहयोग संकलन गरेको थियो । पुन मगर समाज यूकेका संस्थापक अध्यक्ष बिल पूर्जा मगर, प्रचारप्रसार प्रमुख अङ्ग बहादुर गर्बुजाले समाजका अध्यक्ष क्याप्टेन बागबिर पाईजा र कोषाध्यक्ष कुबेर पुन मगर लाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा पुन मगर समाज यूकेका संस्थापक अध्यक्ष पूर्जाले समाजको झण्डा, आफ्नै लोगो बनाउन थप २५ हजार सहयोग गरेको समाजले जनाएको छ ।‘हामी सबैको सक्रियताबाट नै समाजले गति लिन्छ,‘भवन निर्माणले संस्थागत विकाससँगै सहकार्यलाई पनि बलियो बनाउँछ’ प्रमुख अतिथि पूर्जाले भने ।

उनले पुन मगर समुदायको पुराना र लोपउन्मुख कला र संस्कृतिको जर्गेनाका लागि आवश्यकता अनुसार विभिन्न योजना समेत बनाउन अनुरोध गरेका छन् । सोही अवसरमा समाजका अध्यक्ष पाईजाले आर्थिक सहयोगले ठूलो राहत मिलेको बताए । उनले विभिन्न संघसंस्था र दाताबाट प्राप्त सहयोगलाई समाजले सधै देखिने गरी राख्ने बताए ।

Leave a Reply