म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा शुक्रबार नेकपा माओवादी केन्द्रको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले रेशम पुनको अध्यक्षतामा माओवादी केन्द्रको वडा कमिटी सर्बसम्मत चयन गरेको छ । ३ सदस्य पछि थप गर्ने गरी गठन भएको ३५ सदस्यीय कमिटीको उपाध्यक्षमा आशिष सिर्पाली, सचिबमा चन्द्रकुमार फगामी र कोषाध्यक्षमा अनिता सुनार चयन हुनुभएको छ ।

यसैगरी टकबहादुर पुर्जाको वाइसीएलको वडा कमिटी गठन भएको छ । वडा अधिबेशनमा माओवादी केन्द्र म्याग्दीका सदस्य तथा भुरुङ तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था माओवादी आन्दोलनका उपलब्धी भएको बताउनुभयो ।

संघीय ब्यवस्थाले समानुपातिक बिकास, समावेशी ब्यवस्थाले पछाडि परेका महिला, दलित, जनजातीले अवसर पाएका उहाँले बताउनुभयो । भुरुङ्ग तातोपानीका बिकास आयोजना र कार्यक्रम कार्यान्वयनमा अन्नपूर्ण गाउँपालिकाकै नमुनाको रुपमा स्थापित गराएको समेत उहाँले बताउनुभयो ।

दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश सदस्य बिरबहादुर पौडेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रममा दिनेश बिकको नेतृत्वमा नेपाली काँग्रेसका पाँच जना माओवादीमा प्रवेश गर्नुभएको थियो । पुर्ब गाबिस अध्यक्ष तथा माओवादी केन्द्रका जेष्ठ सदस्य रेशमबहादुर गर्बुजाको अध्यक्षता, वडा कमिटीका संयोजक इन्द्र थापाको सञ्चालन र कार्यपालिका सदस्य तथा माओवादीका महिला नेता बिष्णुकुमारी दमैको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply