म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाले स्थानीयसँग गरेको लिखित र मौखिक माग पूरा नगरेपछि अवरुद्ध भएको आयोजनाको काम सुचारु भएको छ । स्थानीयबासीले राखेको मागका सम्बन्धमा छलफलबाट समस्याको समाधान खोज्ने सहमति जुटेपछि अवरुद्ध निर्माण सुचारु भएको हो ।

म्याग्दी हाइड्रोपावर आन्तरिक पहुँचमार्ग संघर्ष समितिलेआन्तरिक पहुँचमार्ग(बिरौटा चोक देखि कुरिबौरसम्मको ९ बुँदे मगमा आन्तरिक पहुँचमार्ग पक्की नाली सहित दुई लेनको हुनुपर्ने, ब्यक्ति र सार्वजनिक जग्गाको संरक्षण, खानेपानीको मुल सुक्न थालेकाले संरक्षण, आयोजनाले समुदायमा बनाउने संरचनाको मर्मत नियमित गनुपर्ने र प्रभावित क्षेत्रका जनालाई सिचाई सुविधा दिनुपर्ने लगायतका थिए । संघर्ष समितिले समेत माग पुरा नभए पुन आन्दोलित हुने चेतावनी दिएको छ ।

स्थानीयबासीले जिल्लाको अन्नपूूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने सडक स्तरोन्नति गरिदिनु पर्ने माग राखेर आयोजनाको निर्माण ठप्प पारेका थिए । २ दिन ठप्प भएको निर्माण बिहीबार साँझबाट पुनः सुचारु गरिएको आयोजनाले जनाएको छ ।

आयोजना पक्षले प्रभावित क्षेत्रका बासिन्दाको मागलाई विभिन्न बाहनामा पन्छाउने प्रयास गरेपछि आयोजनास्थलमै अवरोध गरेपछि बुधबारदेखि काम ठप्प भएको थियो । अहिलेसम्म आयोजनाको करिब ७७ प्रतिशत निर्माण सम्पन्न भइसकेकोछ । आयोजनाको बाँध क्षेत्रका सिभिल संरचनाको काम सकिएको छ ।

म्याग्दी हाइड्रो पावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको ३ हजार ५ सय मिटर लामो मुख्य सुरुङ खन्ने काम पनि सम्पन्न भइसकेको छ । विद्युतगृहको ५३ प्रतिशत बढी निर्माण पूरा भएको छ । पेनस्टक पाइप जडानको काम आधा सकिएको छ ।

निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट २०७९ असारदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।कोरोना (कोभिड–१९) महामारीको असर, भौगोलिक विकटता, बाढी र पहिरोको जोखिमलगायत कारणले उत्पादन तालिका प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ । आयोजनाबाट उत्पादीत विद्युत ७ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ ।  सन् २०१८ जनवरीदेखि शुरू भएको थियो ।

Leave a Reply