---Advertisement---

पूर्व म्याग्दी सेक्रेटरी सापकोटालाई भेट्न म्याग्दी कारागार पुगे विप्लव

On: November 27, 2021 10:46 PM
Follow Us:

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले जिल्ला कारागार म्याग्दीमा राजनैतिक बन्दी जीवन बिताइरहेका तत्कालिन म्याग्दी सेक्रेटरी रेशम सापकोटालाई भेट गरेका छन् ।

नेपाल सरकारले प्रतिबन्ध लगाएको बेलामा हातहतियार र बिस्फोट गराएको अभियोगमा साढे दुई बर्षदेखि बन्दी जिवन विताइरहेका सापकोटालाई भेट्न कारागारमै पुगेका हुन् । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनलाई म्याग्दीको सदरमुकाम बेनीमा आएका विप्लवले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा आलटाल भइरहेको बताए ।

उनले ३ बुँदे सहमति अनुसार सापकोटा सहित देशभरीबाटै आफ्ना नेताकार्यकर्तालाई रिहा गर्न समेत सरकार समक्ष माग गरेका छन् । सरकारसँग सहमति भइसकेकाले प्रक्रिया मिलाएर छोड्न सरकारले प्रतिबद्धता जनाएपनि केही मुद्धामा अदालती प्रक्रियालाई देखाउँदै झन्झट मानिरहेको छ ।

भेटघाटको क्रममा धौलागिरी इन्चार्ज धुब्र घिमिरे लगायत जिल्लास्तरीय नेताहरुको उपस्थिती रहेको थियो ।भेटघाटको क्रममा महासचिव बिप्लवले नेता सापकोटाको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत रुपमा जानकारी लिएको महिला विभागको केन्द्रीय सचिव उशा मगरले जानकारी दिईन् । मगर मुक्ति मोर्चा नेपालको चौथोँ राष्ट्रिय सम्मेलनमा सहभागी गत मंगलबार म्याग्दी आएका विप्लव पार्टीको प्रशिक्षण सहितका गतिविधिमा ब्यस्त छन् ।

विप्लव र सरकारबीच गतबर्षको फागुन २० गते नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउने, कारागारमा रहेका विप्लव समूहका नेता र कार्यकर्ता रिहा गर्ने र सम्पूर्ण मुद्दा खारेज गर्ने सहमति भएको थियो । म्याग्दीबाट फर्किएपछि महासचिव विप्लवले उक्त सहमति कार्यान्वयनमा ढिला भएको भनी सरकारको ध्यानाकर्षण गराउने नेकपा म्याग्दीले जनाएको छ ।