नेकपा माओवादी केन्द्र बेनी नगर कमिटीको अध्यक्षमा सेरबहादुर केसी निर्बिरोध निर्बाचित हुनुभएको छ । बेनीमा शनिबार सम्पन्न प्रथम नगर अधिबेशनले केसीको अध्यक्षतामा ७५ सदस्यीय नगर कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा अणबहादुर खड्का (भगवान), खिमबहादुर पुन, अम्बिका ढुङ्गाना, सचिबमा ज्ञानेन्द्र सुबेदी, कोषाध्यक्षमा पदम किसान र सहसचिबमा किसान बिक चयन हुनुभएको छ ।

गण्डकी प्रदेश अधिबेशन प्रतिनिधीमा पदम पुन, सेरबहादुर केसी, ज्योती लामिछाने, कृष्ण कार्की, लक्ष्मण शर्मा, नगेन्द्र केसी, बिरसिंह केसी र गणेश सुबेदी लगायत चयन हुनुभएको छ । अधिबेशनको उद्घाटन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

गणतन्त्र, संघीयता, समावेशी ब्यवस्थालाई बलीयो बनाउन भ्रष्ट्राचार, बिभेद, बेतिथि, ढिलासुस्तिका बिरुद्ध आवाज उठाउन र भण्डाफोर गर्नुपर्ने बताउनुभयो । अधिबेशन शुरु हुनुअघि बेनी बजारमा दश वटै वडाबाट आएका प्रतिनिधीहरुले ¥याली गरेका थिए ।

Leave a Reply