माओवादी केन्द्र म्याग्दीले शनिबार एकैदिन जिल्लाको पाँच स्थानीय तहमा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट बेनी नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा शेरबहादुर केसी, रघुगंगाको अध्यक्षमा हरी भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका चयन भएका छन्। माओवादीको पालिका अधिवेशनबाट नेतृत्वमा युवाहरु पुगेका छन् ।

चार वटै गाउँपालिकाका अध्यक्ष युवा छन् । वडा र पालिका कमिटीको नेतृत्वमा युवाहरुको बर्चश्व रहेको नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जालीले बताए। उनका अनुसार माओवादी केन्द्रले यूवालाई प्राथमिकतामा दिएकाले अन्य पार्टी परित्याग गरी प्रवेशको रहर समेत चलेको बताए ।पार्टीमा युवाहरुको आकर्षणले जिल्लामा पार्टी थप बलियो बनेको संयोजक जुग्जालीको भनाई छ ।

माओवादी केन्द्रले गाउँमै बसेर उद्यम तथा सक्रिय हुनेलाई पार्टीको जिम्मा दिएकाले संगठन विस्तारमा समेत गति लिएको जनाएको छ । माओवादीको पूरानै शक्ती फर्काउने अभियानमा जुटेका संयोजक जुग्जालीले नेकपाको विघटनसँगै माओवादी केन्द्र ब्यूतिएपछि पूरानो शक्ती स्थापितको अभियानमा सक्रिय रहेको बताए ।

माओवादी केन्द्रले जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका पार्टीबाट समेत प्रवेश गरेकाले अव अधिवेशनपछि थप संगठन विस्तार सहितको अभियानमा जुट्ने जनाएको छ । आगामी स्थानीय तहको निर्वाचन लक्षित अभियानमा पार्टी सक्रिय रहेको जनाइएको छ । माओवादीबाट कांग्रेस, एमालेमा प्रवेश गरेकालाई समेत पार्टीमा उचित जिम्मेबारी दिने गरी फर्काउन समेत टोली सक्रिय रहेको एक नेताले बताए स्थानीय तह सहितका निर्वाचनमा समेत माओवादीले एकल प्रतिस्पर्धाको रणनीतिलाई केन्द्रित गरी संगठन विस्तारमा जुटेको जनाएको छ ।

Leave a Reply