६ महिना ६ दिनमा विश्वभरका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका विश्वविख्यात आरोहीले निर्मल पुर्जामाथि बनाइएको डकुमेन्ट्री आज सार्वजनिक गरिने भएको छ ।

विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेर कीर्तिमान बनाएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना जन्मिएका पूर्जाको बारेमा तयार गरिएको अमेरिकी र बेलायती फिल्ममेकरद्वारा निर्मित ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री विश्वका ३१ भाषासहित नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबार विश्वभर प्रदर्शनमा आउँदै छ । पूर्जालेविश्वका १ सय ९१ देशमा रहेका २१ करोड मानिसहरु नेटफ्ल्क्सिका ‘पेड–मेम्बर’ रहेको बताइएको छ ।

एकैसाथ ३१ वटा भाषामा देखाइन थालिएको यो डकुमेन्ट्रीले नेपालको साहसिक पर्यटनमा सहयोग पुग्ने अपेक्षा नेपाल सरकारले समेत गरेको छ । ३८ वर्षअघि धौलागिरि हिमालको फेदीमा जन्मे, हुर्केका म्याग्दीका पुर्जाले २०७६ वैशाख १० मा अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालबाट विश्व किर्तिमानीको अभियान सुरु गर्नुभएका पूर्जाले म्याग्दीमै रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण सकेर अन्य हिमालतिर लम्किएका थिए ।

विश्वकै अग्लो सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रो र अन्तिममा विश्वकै चौथौ अग्लो शिशापङ् (८०२७ मि) हिमाल आरोहण गरी किर्तिमानी कायम गरेका थिए । विभुषित पूर्जाले आरोहण गरेका १४ वटा अग्ला हिमालमध्ये ८ वटा भने नेपालमै पर्दछ । त्यस्तै, अरू पाकिस्तान र चीनमा पर्दछ । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउनुभएका पूर्जाको नाममा करिब आधादजर्न किर्तिमानी छन् ।

उनको ‘प्रोजेक्ट पोसिबल’ अभियान ०७६ कात्तिक १२ मा चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर टुंगिएको थियो । धेरैपटक झन्डै मृत्युको नजिकबाट अनुभव बटुलेका अनि खर्चको चाँजोपाँजो मिलाउन नसक्दा रोएका पुर्जाबारे बनाइएको वृत्तचित्र विश्वका १ सय ९१ मुलुकका कम्तीमा २१ करोड नेटफिल्क्सका पेड–मेम्बर (सशुल्क सदस्य) माझ प्रदर्शन हुँदै छ ।

बेलायती सैनिकको जागिरबाट अवकाश पाएका ३८ वर्षीय पुर्जाले अबको समय नेपालको पर्यटन क्षेत्रको विकासमा खर्चिने बताए । ‘मेरो डुकेन्ट्रीले नेपालको सिनेमादेखि पर्यटन क्षेत्रसम्म नयाँ आशा दिनेछ,’ उनले भनेका छन, ‘म चाँडै बिअर ग्रिल्सलाई नेपाल ल्याउँदै छु । उनीसँग कुरा भइसकेको छ ।’ नेशनल जियोग्राफी च्यानलमा जिउँदै किरा फट्यांग्रा खाँदै जंगल हिँड्ने बेलायती एडभेन्चरर बिअर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ शो विश्वप्रसिद्ध छ ।

को हुन् पुर्जा ?
बाल्यकालनमा समेत गाउँघरमा अग्ला रुख चढ्ने गरेका पूर्जाले आधारभुत तहको शिक्षा चितवनमा अध्ययन गरेका थिए । गाउँ नजिकै रहेका ठूला पहाडमा डोरीको सहायतामा उक्लिने गरेका पूर्जाले बाल्यकालदेखि नै दौड सहितका कार्यक्रमहरुमा सक्रियता देखाउने गरेका थिए ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । कर्पोरल निर्मल बेसिक टे«निङमा च्याम्पियन रिकु्रटको उपाधी लिएर क्विन्स गोर्खा इन्जिनियर्ससमा गएका थिए। क्विन्स गोर्खा इन्जिनियर्सको बेसिक ट्रेनिङ सफलतापूर्वक सम्पन्न गरी पेन्टिङ्ग एण्ड डेकोरेशन टे«डमा कार्यरत थिए । क्विन्स गोर्खा कार्यरत रहँदा ब्रिटिश आर्मीको कमाण्डो समेत गरेका थिए ।

उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन । अग्ला हिमाललाई आफ्नो घरको धुरीजस्तै सम्झिने पूर्जाले सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरी विश्व किर्तिमान राखिसकेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड राख्न सफल भइसकेका छन् ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा सघाउने गरेका छन् ।

 

Leave a Reply