नेकपा एमाले म्याग्दीका तीन नेता केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ । चितवनको सौराहमा जारी नेकपा एमालेको दशौ महाधिबेशनमा अध्यक्ष मण्डलले थममाया थापा, भुपेन्द्रबहादुर थापा र नरदेबी पुनको नाम प्रस्ताव गरेको हो । केन्द्रिय कमिटीमा आकाक्षी नवराज शर्मा र हरिकृष्ण श्रेष्ठको नाम अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको नामावलीमा समावेश भएन् ।

थममाया थापा महिला, भुपेन्द्र थापा र नरदेबी पुनलाई गण्डकी प्रदेशको कोटामा केन्द्रिय सदस्य प्रस्ताव गरिएको छ । महाधिवेशनको बन्दसत्रको दोस्रो दिन आइतबार राती ओलीले १९ पदाधिकारी र केन्द्रीय कमिटी घोषणा गरेका थिए । ओलीले खुला, महिला, प्रदेश हुँदै, दलित, जनजाति, मजदुरलगायत विभिन्न वर्गबाट केन्द्रीय सदस्य बन्नेहरूको नाम हलमा पढेर सुनाए ।

Leave a Reply