विश्वविख्यात पर्वातारोही आरोहीले निर्मल पुर्जाले बलिउड अभिनेता अक्षय कुमारले टिभी रियालिटी शोका लागि दिएको निम्तो अस्वीकार गरेको खुसाला गरेका छन् । ६ महिना ६ दिनमा विश्वभरका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेपछि विश्वभर चर्चित पूर्जाले अभिनेता अक्षय कुमारले सहासिक टिभी रियालिटी शोका लागि गरेको प्रस्तावलाई पारिश्रमिकमा चित्त नबुझेपछि स्वीकारेनन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना जन्मिएका पूर्जाले एक कार्यक्रममा जंगलमा सुटिङ गर्ने साहसिक रियालिटी शोका लागि आफ्नो समय अनुसारको मुल्य नभएकाले अस्वीकार गरेको बताए।‘म अक्षय कुमारको फ्यान हुँ, तर अव मैले आफ्नो क्षमतालाई बेच्न सक्ने भएको छु’ पूर्जाले भने । उनले विश्वभरका पर्वतारोहीलाई नेपालमा ल्याउने एउटा सुन्दर मौकाको रूपमा लिएको बताए ।

विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेपछि विश्वभरका चर्चित अभिनेता सहित शक्तीशाली देशका नेताहरूको नजरमा समेत पूर्जा परेका छन् ।उनलाई एउटा कार्यक्रममा सहभागीताका लागि समेत करोडौं तिर्न तयार छन् ।

१४ वटा हिमाल आरोहणका लागि बनाइएको ’प्रोजेक्ट पोसिबल’ अभियान र गत वर्षको हिउँदमा भएको केटू हिमाल आरोहण सकिएपछि ३८ वर्षीय पुर्जा अहिले विश्वब्यापी अभियानमा छन् । ३८ वर्षअघि उत्तरी म्याग्दीको दानामा जन्मिएका पूर्जाले २०७६ वैशाख १० मा अन्नपूर्ण गाउँपालिकाकै नारच्याङमा अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्णबाट किर्तिमानी अभियान सुरु गरेकोमा रहेको सातौ अग्लो धौलागिरि हिमालको (८१६७ मि) आरोहण सकेर थप १२ हिमाल आरोहरणमा निस्किएका थिए ।

पूर्जाले अमेरिकी सहित विश्वका प्रख्यात आरोहीले नेपाल, तिब्बत र पाकिस्तानका १४ वटा ८ हजार अग्ला हिमाल आरोहणमा विदेशी आरोहीले ८ वर्ष लगाएका थिए । यो रेकर्ड पुर्जाले ६ महिना ६ दिनमा तोड्दै विश्वका पर्वतारोही लगायतलाई चकित पारे । आरोहणको क्रममा विभिन्न हिमालमा अलपत्र परेका आरोहीलाई उद्धार गरेर संसारभरी चर्चा कमाउनुभएका पूर्जाको नाममा करिब दजर्न किर्तिमानी छन् ।

यसपछि उनले ३३ वर्षदेखि हिउँदयाममा आरोहण प्रयास भइरहेको तर सफलता हात लागि नसकेको विश्वकै दोस्रो अग्लो ज्यानमारा पाकिस्तानको केटू हिमाल गत वर्षको हिउँदमा १० नेपालीसहित आरोहण गरेर सफलता हात पारे । यी दुई फरक आरोहणपछि पुर्जा सबैभन्दा महँगा गाइडका रुपमा काम गरिरहेका छन् । एकपछि अर्को चर्चाको शिखरमा रहेका पूर्जाको नाममा बनाइएको डकुमेन्ट्री सोमबार सार्वजनिक गरिएको छ।

विश्वभरका १ सय ९१ देशका २१ करोड नेटफिल्क्सका पेड–मेम्बरमाझ एकैसाथ ३१ वटा भाषामा प्रिमियर हुन लागेको उनीमाथि बनाइएको ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री सार्वजनिक हुनुअघि पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई भेट्न सिंहदरबार पुगेका पुर्जाले अबको समय नेपालको पर्यटनमा खर्चिने बताए । ‘मेरो डुकेन्ट्रीले नेपालको सिनेमादेखि पर्यटन क्षेत्रसम्म नयाँ आशा दिनेछ,’ उनले भने ।

पूर्जाले अबको बाँकी जिबन मैले पर्यटन क्षेत्रको प्रचारप्रसारमा खर्चिने बताए । उनले निकट भविस्यमा बेअर ग्रिल्सलाई ल्याउँदै योजना समेत बनाएका छन् । नेश्नल जियोग्राफी च्यानलमा जिउँदै किरा फट्यांग्रा खाँदै जंगल हिँड्ने बेलायती एडभेन्चरर बेअर ग्रिल्सको ‘म्यान भर्सेस वाइल्ड’ शो विश्वभर प्रख्यात छ ।

 

Leave a Reply