म्याग्दीको सदरमुकाम बेनीबाट रघुगंगगा गाउँपालिका–१ बेगखोलाको सिम जाँदै गरेको बोलेरो जीप दुर्घटना भएको । बेनी–जोामसोम सडकखण्डबाट गाउँतर्फ लागेको ग १ ज ७२ ५२ नम्बरको जीप औलको चिलाउनेखर्क भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित ८ यात्रु सवार रहेका र केहीको अवस्था गम्भिर रहेको बताइएको छ ।

बेगकी यामकुमारी फगामीका अनुसार गम्भीर घाईतेलाई थप उपचारका लागि बेनी अस्पताल तर्फ लगिएको छ भने थप उद्धारको कार्य भइरहेको छ । घटनामा घाईतेलाई बेग स्वास्थ्य चौकी टाढा हुने भएकाले बेनी तर्फ लैजान आवश्यक एम्बुलेन्स सहितको प्रबन्ध मिलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाको जानकारीपछि प्रहरी टोली घटनास्थलमा पुगेको छ । जीप सडकबाट ३ सय मिटर तल खसेको छ ।  ‘दुर्घटनामा परेर केहीको मृत्यु भएको भन्ने जानकारी आएको छ, हामी घटनास्थलतर्फ जाँदैँछौँ,अस्पताल ल्याएपछि मात्र अवस्था थाहा होला’ प्रहरी नाउव उपरीक्षक श्यामकुमार राईले भन्नुभयो ।

उहाँका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको खवर आएपनि मृतक र घाईतको परिचय खुलेको छैन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ । स्थानीय प्रहरी तथा स्थानीयवासीले घाइतेको उद्धार गरी अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply