अति विपन्न तथा निम्न आय भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । ‘शितको थोपा अभियान’ संस्थाद्वारा विभिन्न स्कुलमा स्कुलमा अध्ययन गर्ने विद्यार्थी र वृद्ध÷वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पत्रकार तथा एकीकृत समाजवादी पर्वतका सदस्य चन्द्रबहादुर लामिछानेले राज्यले गर्नुपर्ने यस्ता कार्यक्रमहरू खाजा खाने पैसा कटाएर ब्यक्तिब्यक्तिहरु मिलेर गरेको देख्दा गर्व लागेको बताउनुभयो ।

‘शितको थोपा अभियान’ले बास्तविक समस्यामा परेकाको पहिचान गरी राहत वितरणलाई जिल्लाको दुर्गम क्षेत्रसम्म पु¥याउनुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

वितरण कार्यक्रमकामा गलेश्वर मावि तोरिपानीका प्रधानाध्यापक गणेशबहादुर बानियाँले अभियानमार्फत समाजमा रहेका निम्न आयका विद्यार्थी र वृद्ध÷वृद्धाहरुलाई न्यानो कपडा वितरण गरेर समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो ।

सोमबारका दिन गलेश्वर मावि तोरीपानीको प्राङ्गणमा गरिएको कार्यक्रममा गलेश्वर मावि तोरीपानीका दसजना विद्यार्थी, भूमे आधारभूत विद्यालयका चारजना विद्यार्थी, ढोलठान आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी, स्यालीखेत आधारभूत प्राथमिक विद्यालयका चारजना विद्यार्थी र अति निम्न आयका चार वृद्ध÷वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा भगवानप्रसाद श्रेष्ठ लगायत केही स्थानीयहरुले मन्तब्य ब्यक्त गर्दै वितरण अभियानको सफलतको कामना गर्नु भएको थियो । अभियानका सुनिल दामलको अध्यक्षतामा सम्पन्न न्यानो कपडा वितरण कार्यक्रमको संचालन तेजबहादुर राईले गर्नुभएको थियो ।

Leave a Reply