बागलुङको काठेखोला गाउँपालिका–१ पालामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

मध्येपहाडी लोकमार्गको बागलुङ–अक्षते सडकखण्डको पाला खहरेमा आज विहान करिब ५ बजे बा १८ च ५६७७ नम्बरको रातो पिलेटको पिकअप जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो । अन्य घाइतेको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ । जीपका चालक फरार रहेका छन् । file photo

Leave a Reply