विश्वविख्यात आरोहीले निर्मल पुर्जामाथि बनाइएको डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ । ६ महिना ६ दिनमा विश्वभरका ८ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका पूर्जाको हिमाल यात्राका बारेमा नेटफ्लिक्स (ओटीटी प्लेटफर्म) बाट सोमबारदेखि विश्वभर प्रदर्शन गरिएको छ ।

नेटफ्लिक्सका ग्राहकले हेर्न मिल्ने उक्त डकुमेन्ट्री अमेरिकी र बेलायती फिल्ममेकरद्वारा निर्मित ‘फोर्टिन पिक्स ः नथिङ इज इम्पोसिबल’ डकुमेन्ट्री विश्वका ३१ भाषामा सार्वजनिक भएको हो । विदेशी आरोहीले सगरमाथासहित ८ हजार मिटर अग्ला विश्वका १४ हिमचुचुरा एकसाथ आरोहण गर्न लगाएको ८ वर्षको रेकर्डलाई ७ महिनामै तोडेका थिए ।

हिमाल आरोहणमा विश्वकै दुर्लभ किर्तिमानी कायम गरेका पूर्जाले आरोहणमा देखिएका रोचक दृष्य सहित आरोहण दलका सदस्यले झल्नुपरेका समस्यालाई नजिकबाट हेर्न पाएका छन् ।

विश्वका अग्ला हिमालको आरोहणमा निस्किएपछि चर्चामा आएका पूर्जाले विश्वभरका हिमाल आरोहीले कल्पनै नगरेको आरोहण गरी किर्तीमानी तोड्न समेत निकै मुस्किल हुने बनाइदिएपछि विश्वभर पूर्जाको चर्चा चुलिएको थियो। डकुमेन्ट्रीलाई हेरेर बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बहादुर भन्दै प्रशंसा गरेका छन् ।

विश्वका १ सय ९१ देशमा रहेका २१ करोड मानिसहरु नेटफ्ल्क्सिका ‘पेड–मेम्बर’ रहेको छन् । उनको ‘प्रोजेक्ट पोसिबल’ अभियान ०७६ कात्तिक १२ मा चीनको सिसापाङ्मा हिमाल आरोहण गरेर टुंगिएको थियो । किर्तीमानी पूर्जाले निकट भविस्यमा नेशनल जियोग्राफी च्यानलमा जिउँदै किरा फट्यांग्रा खाँदै जंगल हिँड्ने बेलायती एडभेन्चरर बिअर ग्रिल्सलाई ल्याउने तयारीमा छन् ।

किर्तीमानी पूर्जाको हिमाल आरोहणमा करिब दर्जनको हाराहारीमा दुर्लभ रेकर्ड रहेका छन् । सबैभन्दा छिटो १० घण्टा १५ मिनेटको समयमा सगरमाथाको शिखरदेखि ल्होत्सेको शिखरसम्म आरोहण गरेका पूर्जाले अंग्रेजी बर्ष २०१७ मे २७ गते ५ दिनमा ८ हजार मिटरभन्दा अग्ला सगरमाथा, मकालु र ल्होत्से हिमाल आरोहण र एउटै सिजनमा १७ दिनभित्र दुईपटक सगरमाथा चढेर ३ वटा विधामा गिनिज बुकमा वल्र्ड रेकर्ड कायम भएको थियो ।

सन् २००३ मा पोखरास्थीत ब्रिटिश क्याम्पमा ब्रिटिस आर्मीमा छनौट भर्ना भई संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी टे«निङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेका थिए । उनले बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रुपमा कार्यरत पुर्जाले ब्रिटिश सेनाको रोजाईमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन ।

गोर्खा एक्सीडिसन २०१७ मा १३ जना ब्रिटिस गोर्खाले गरेको सफल सगरमाथा आरोहणको नेतृत्व सम्हालेका थिए । सगरमाथा आरोहणको क्रममा मृत्यु पर्खेर बसेका एक अर्का आरोहीलाई समेत उद्धार गर्न सफल भएका पूर्जाले बेलायती महारानीबाट प्रतिष्ठित एमबिई अवार्ड प्राप्त गरेका थिए । उनले हरेक आरोहणमा आरोहीको उद्धार तथा मृत अवस्थामा भेटिएका शवलाई समेत ब्यवस्थापनमा चासो दिने गरेका छन् ।

 

Leave a Reply