म्याग्दीको सदरमुकाम बेनीमा रहेको लोकदिप वचत तथा ऋण सहकारी संस्थाले जाडोयाममा चिसोबाट बच्न जिल्लाका दुई स्रोत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र स्टेशनरी वितरण गरेको छ।

सहकारीको सामाजिक उत्तरदायित्व अन्र्तगत बेनपा–६, बगुवाखोलास्थीत बालजागृति आविका १२ जना बौद्धिक अपाङ् विद्यार्थीलाई न्यानो टोपी, मोजा तथा बेनपा–४ सिंगामा अवस्थित धौलागिरी माविका १६ जना बहिरा विद्यार्थीहरूलाई टोपी, मोजा, हाइनेक गरी रु २० हजार बराबरको सहयोग गरिएको गरिएको सहकारीका प्रबन्धक नेत्रराज सुबेदीले बताए ।

सोही अवसरमा सहकारीले त्रैमासिक परीक्षा अन्तरगत विद्यालयमै सर्वोत्कृष्ट नतिजा ल्याउने सोनी थापालाई झोला, स्टेशनरी सहित करिब ३५ सय बराबरको सहयोग गरिएको छ । सहकारीका अध्यक्ष हरिकृष्ण गौतमले सामाजिक उत्तरदायित्व अन्र्तगत हरेक बर्ष शैक्षिक तथा सामाजिक कार्यमा सहयोग गदैं आइरहेको बताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा सदस्यहरू अर्जुन पौडेल, भिमनाथ शर्मा,बालजागृति आविका प्रअ धनबहादुर खत्री, धौलागिरी माविका प्रअ डण्डपानी सापकोटा, शिक्षा विकास तथा समन्वय इकाईकी समावेश शिक्षा कार्यक्रम संयोजक कल्पना केसी लगायतको उपस्थिती रहेको थियो। संस्थागत सहयोगका बारेमा जानकारी दिदैं सहकारीकी उपाध्यक्ष प्रमिला जोशी श्रेष्ठले विगतमा समेत विद्यालयलाई सहयोग गरिएको बताउँदै भविस्यमा पनि सहकारीमार्फत सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने बताईन् ।

बहिरा स्रोत कक्षाकी शिक्षक लक्ष्मी श्रेष्ठले स–साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद दिईन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा धौलागिरी माविका विब्यस अध्यक्ष अर्णबहादुर खड्का ‘भगवान’ ले बहिरा र अति विपन्न विद्यार्थीका लागि न्यानो पोसाकले विद्यार्थीलाई पठन क्रियाकलापमा थप उर्जा मिलेको बताए । कार्यक्रमको सञ्चालन सहकारीका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गरेका थिए ।

 

Leave a Reply