म्याग्दीबाट देशका अरु रहेकाले आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता मिल्ने भएको छ । निर्वाचन आयोगले
आजदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली सङ्कलन गर्ने भएपछि म्याग्दीबाट बाहिर बसेकालाई अव मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि जिल्लामै आउनुपर्ने बाध्यता हटेको छ ।

रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले विगतमा मतदान अधिकारबाट बन्चित हुनुपर्ने चौतफी गुनासोपछि आयोगले यसअघिको मतदाता नामावलीमा छुटेकाहरूलाई समेट्न आफू बसेकै ठाउँबाट नामावली दर्ता गर्ने व्यवस्था मिलाइएको हो। मताधिकारबाट वञ्चित नहुन मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ । आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका पालिकामा १० दिनसम्म मतदाता नामावली सङ्कलन हुनेछ । त्यस्तै, तराई र काठमाण्डौ उपत्यकाका पालिकामा १५ दिनसम्म चल्नेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम समावेश गर्न सक्नेछन् । आफ्नो स्थायी ठेगाना रहेको जिल्लाका निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने आयोगले जनाएको छ ।

यता म्याग्दीमा यही मंसिर १७ गतेदेखि २६ गतेसम्म जिल्लाको धवलागिरि, मालिका र अन्नपूर्ण गाउँपालिकामा १० दिनसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । उक्त पालिकाहरुमा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गरिनेछ भने २ वटा टोलीले मंसिर २९ गतेदेखि आगामी पुस ९ गतेसम्म रघगंगा र मंगलामा नामावली सङ्कलन गर्ने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त टोलीले पालिकाको केन्द्रमा रहेर १० दिनसम्म नामावली सङ्कलन गर्नेछ । file photo

Leave a Reply