अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

आजदेखि धवलागिरी, मालिका र अन्नपूर्णमा फोटोसहितको मतदाता नामावली सङ्कलन हुने

On: December 3, 2021 9:00 AM
Follow Us:
---Advertisement---

म्याग्दीमा आजदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गरिने छ । आगामी वर्षमा हुने स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य पदका लागि निर्वाचनमा भोट हाल्न यसअघि नै मतदाता नामावली सङ्कलनका लागि धौलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकामा आजदेखि मंसिर २९ गतेसम्म संकलन गरिने जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले बताए ।

उक्त पालिकाहरुमा ३ वटा टोलीमार्फत नामावली सङ्कलन गर्ने छ । त्यस्तै मंगला र रघुंगगा गाउँपालिकामा मंसिर २९ गतेदेखि पौस ९ गतेसम्म सञ्चालन गरिने छ ।  निर्वाचन आयोगले २०७७ साल पुस ५ गतेसम्म १८ वर्ष उमेर पुरा भएका नागरिकहरुलाई समावेश गरी गएको चैत ४ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।

प्रकाशित मतदाता नामावलीअनुसार म्याग्दी जिल्लामा भने ८० हजार १ सय ५४ जना मतदाता छन् । मतदाता नामावली सङ्कलन तथा दर्ता कार्यमा आम जनताको पहुँचलाई सहज बनाउने तथा नामदर्ता गर्न छुट भएका कानुन बमोजिम मतदाता हुन योग्य नागरिकको मतदाता नामावलीमा नामदर्ता गराउन सहज अवसर दिने उद्देश्यसहित मतदाता नामावली सङ्कलन गर्ने गरिन्छ ।