कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो । कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा नोक्सान पुर्‍याउने हुन्छ ।

१.दाँतलाई नोक्सान : अमेरिकन डेन्टल एशोसियसनका अनुसार धेरै कागतीको सेवनले दाँतमा भएको प्राकृतिक इनामेललाई असर गर्छ । कागती पानीपछि सादा पानी पिउँदा यसको असर कम गर्न सकिने अध्ययनको निष्कर्ष छ । कागती पानी पिएलगत्तै ब्रस गर्नुहुँदैन ।

२.पेटमा समस्या : कागती पानी पेटको लागि फइदाजनक भए पनि धेरै प्रयोगले ग्यास्ट्राेएसोफेजल रिफ्लक्स रोग र एसिड रिफ्लक्स जस्ता समस्या हुन सक्छन् । यस्ता समस्याहरू कागतीजस्ता एसिडिक खानाबाट सुरु हुन्छ । यस्ता रोगले छाती पोल्ने र उल्टीसमेत हुन्छ ।

३.कागतीको बोक्रामा हुन्छ किटाणु : जर्नल अफ एनवायर्नमेन्टल हेल्थले २००७ मा गरेको अध्ययनमा विभिन्न २१ रेस्टुरेन्टका कागतीको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा धेरै कागतीको बोक्रामा शुक्ष्म किटाणु भेटिएको र यसले विरामी पार्नसक्ने बताइएको छ । बोक्रासहितको कागती पानीमा राख्दा यसले झन् असर गर्ने भएकाले कागतीको रसलाई मात्र पानीमा मिसाउनु फाइदाजनक हुन्छ ।

४ घाउ निको हुन धेरै समय लाग्ने : कागतीको रसले घाउलाई पोल्ने र दुखाउने हुन्छ । एक दुई हप्तामा निको हुने घाउलाई कागती पानी धेरै पिउँदा घाउलाई बढाउने र घाउ ठिक हुन लामो समय लाग्ने हुन्छ । त्यसैले शरीरमा घाउ लागेको समयमा धेरै अमिलो फल नखानु फाइदाजनक हुन्छ ।

५.टाउको दुख्ने/माइग्रेन : अमिलो फल र माइग्रेनबीच खासै बलियो सम्बन्ध पाइँदैन । केही अध्यनका अनुसार अमिलो फलले माइग्रेनलाई बढाउन सक्छ । न्युरोलोजिस्ट रेबेका ट्रबका अनुसार कागतीमा टाइरामाइन धेरै हुने हुँदा अन्य फलको तुलनामा यसले माइग्रेन र टाउको दुखाइलाई बढाउँछ

Leave a Reply