रघुगंगाले दुर्घटनामा परेकालाई ह्विलचियर र विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

रघुगंगा गाउँपालिकालले ३० औँ अन्तराष्ट्रिय अपांग दिवसको अवसरमा अपांग ब्यक्तिलाई ह्विलचियर र स्टेशनरी सामाग्री सहयोग गरेर मनाएको छ। गाउँपालिकाको शुक्रबार जिल्ला अपांग संघ म्याग्दीको समन्वय र ज्ञानोदय माविका दृष्टिविहिन लगायतका विद्यार्थीसहितको उपस्थितमा प्रभातफेरी सहित अपाङ्ग ब्यक्तिलाई ह्विलचियर सहयोग गरेर मनाएको हो ।

अपांग दिवसको अवसरमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले अपांग संजाल रघुगंगाका अध्यक्ष बासुदेव सुवेदी मार्फत वडा नंम्वर २ निवासी अमित कटुवाललाई ह्वीलचेयर हस्तान्तरण गरेका थिए। करिब दुई बर्ष अगाडी रुख काट्ने क्रममा दुर्घटनामा परेका कटुवाललाई सहज हुने गरी वितरण गरिएको प्रशासकीय अधिकृत सुबेदीले बताए ।

दिवसका अवसरमा गाउँपालिकाले दृष्टिविहीन स्रोत विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण समेत गरेको थियो ।गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएको परिवारमा रहेका अति अशक्त अपांगता भएका व्यक्तिहरूलाई सहायता सामग्री ह्विलचियर, लठ्ठी, श्रावण यन्त्र लगायतका सामाग्रीहरु सहयोग गर्ने योजनासहित दिवसको अवसरबाट वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

अपागं संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीले गाउँपालिका भित्र रहेका अपांग ब्यक्तिको अधिकारलाई प्राथमिकता दिन गाउँपालिकाका जनप्रतिनिधिलाई अनुरोध गरे ।  ज्ञानोदय माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तारानाथ सुवेदीको अध्यक्षता, अधिकृत सुवेदीको प्रमुख आतिथ्यता, अपांग संघ म्याग्दीका उपाध्यक्ष सुवेदी, अपांग संजाल रघुगंगाका अध्यक्ष सुवेदी, उपाध्यक्ष दप्रसाद पाईजा, शिक्षक, कर्मचारी स्थानीय उपस्थितमा विविध कार्यक्रम सम्पन्न गरिएको । कार्यक्रमको पुर्व सन्ध्यामा गाउँपालिकाका कर्मचारी, ज्ञानोदय माविका शिक्षक र विद्यार्थीहरुले मौवाफाटमाँ विभिन्न सन्देशमूलक पेलेकार्डसहित ¥याली गरेका थिए । गाउँपालिका अध्यक्ष भण्डारीले आमाको स्मृतिमा ज्ञानोदय माविमा अध्ययनरत २२६ जना विद्यार्थीलाई कापी वितरण गरेका थिए ।

Previous articleएकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी
Next articleम्याग्दीमा ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो