दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएका धवलागिरी गाउँपालिका–४, मुदीका छगेन्द्र हमालको उपचारका लागि धार्मिकस्थल गलेश्वरमा झण्डै ७० हजार आर्थिक सहयोग संकलन गरिएको छ ।

बालाचतुर्दशीको अवसरमा प्रसिद्ध धार्मिकल गलेश्वर शिवालयको दर्शनका लागि आएका भक्तजनहरूबाट मृगौला पीडित हमालको उपचारमा सक्रिय यूवाहरुले ६९ हजार १ सय ७२ रुपैयाँ संकलन गरेको अभियानमा सक्रिय कुमार किसानले जानकारी दिए।  काठमाण्डौमा उपचार भइरहेको अवस्थामा आर्थिक समस्या देखिएपछि किसान, मदन खत्री सहितको यूवा समुहले भक्तजनबाट सहयोग जुटाएको थियो ।

पारिवारिक रुपमा आर्थिक अवस्था कमजोर भएका हमालको प्रत्यारोपण सहित नियमित उपचारका लागी आर्थिक आवश्यकता रहेको छ । मृगौला डायलासिस सहित औषधी, यातायात लगायत विभिन्न खर्च गरी१५ लाखभन्दा धेरै खर्च भइसकेको अवस्थामा अब प्रत्यारोपणमा ठूलो खर्च लाग्ने भएकाले स्वदेश तथा विदेशमा रहेकाहरुलाई उपचारमा हारगुहार गरेका छन् ।

 

Leave a Reply