सस्तो ब्याजदरमा समुदायस्तरमा लगानी गर्र्ने गरी स्थापना भएको धौलागिरी साना किसान सहकारी सस्थाले गाउँपालिका भित्र एक घर एक सदस्य अभियान सञ्चालन गर्ने भएको छ । सहकारीको प्रारम्भीक साधारणसभामा सहकारीमार्फत आर्थिक गतिविधि गरी विपन्न र निम्न बर्गको जिवनस्तर उकास्न सबै घरपरिवारलाई सहकारीमा आवद्ध गराउने जनाइएको छ।
शनिबार ताकमको सिवाङमा आयोजित साधारणसभामा बोल्दै प्रमुख अतिथि थमसरा पुन मगरले समुदायस्तरमा न्यून आर्थिक अवस्था भएकालाई लगानी गर्ने गरी स्थापना भएको सहकारीले आफ्नो लक्ष्य अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

‘सहकारीको भिडमा यो सहकारी फरक छ,‘सस्तोमा लगानी गरेर आत्मनिर्भर हुने क्षेत्रमा लगानी गर्नुपर्छ’ अध्यक्ष पुन मगरले भन्नुभयो । धवलागिरीको जडिबुटीको सम्भावनालाई ब्यवहारमा उतार्न र आयआर्जन सुधार गराउन सहकारीले अगुवाई गरेर काम गर्न सुझाब दिनुभयो ।

सहकारीमा गाउँपालिकाको १३ लाख सहित ३७ लाख १६ हजार ८ सय सेयर पुँजी रहेको छ भने १३ लाख १६ हजार ५७९ बचत रहेको छ भने ४५ लाख ९५ हजार लगानी गरिएको छ । २३१ दलित, जनजाति २८० र अन्य ३९ जना सेयर सदस्य रहेको छ ।

सहकारीको साधारणसभामा लोक बहादुर घर्ती, पुर्म पुन, गम प्रसाद बिक, राजाराम उपाध्याय, बाल कुमारी बिक, सुबादेबी पुर्जा र नर कुमारी बुढाथोकी ले धौवलागिरी गाउँपालिका भित्र कार्यक्षेत्र रहेको सहकारीको लगानीलाई उत्पादनमुखी र विपन्नको आवश्यकता अनुसार लगानी गनुर््पर्नेमा बताउनुभयो ।

सहकारीका अध्यक्ष देउ प्रसाद छन्त्यालको अध्यक्षता, सचिव पूर्णबहादुर भण्डारीको रहेको सहकारीको साधारणसभा गिरीप्रसाद छन्त्यालले सञ्चालन गर्नुभएको थियो । सहकारीले गाउँपालिका भित्रका सबै घरमा १ घर १ सदस्यको अभियान सञ्चालन गर्ने लक्ष्य रहेको छ ।

Leave a Reply