नेपाल राष्ट्रिय शिक्षक संगठन बेनी नगर कमिटिको अध्यक्षमा रामप्रसाद पौडेल निर्वाचित हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न दोस्रो नगर अधिवेशनबाट पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा २५ सदस्यीय नगर समिति निर्वाचित भएको हो । नव गठित नगर समितिको उपाध्यक्षमा टेक प्रसाद सुवेदी, महिला उपाध्यक्षमा गंगा बानीयाँ क्षेत्री, सचिवमा डिल प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा सन्तोष सुवेदी, सहसचिवमा कृष्ण कुमारी सुवेदी र सहकोषाध्यक्षमा घनदेवी घर्ति हुनहुन्छ ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष जंग बहादुर गर्बुजाले पेशागत जिम्मेबारीलाई सधै पुरा गर्नुपर्ने बताउनुभयो । उहाँले पेशागतसँगै आफुँ आवद्ध रहेको विद्यालयको शैक्षिक गुणस्तर सुधार सहितका अभियानमा समेत शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट अतिथि नेकपा एमाले बेनी नगर कमिटिका अध्यक्ष नारायण जिसीले आफ्नो पेशामा लगनशिल र इमान्दार हुँदै दक्ष जनशक्ति उत्पादनमा शिक्षकहरुले योगदान उच्च भएको बताउनुभयो । संगठनको जिल्ला अध्यक्ष एवं शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले शैक्षिक मुद्दामा सवै शिक्षकहरु सधैँ एक हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम संगठनको बेनी नगर समिति अध्यक्ष भिम बहादुर घर्तीको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिव टेक प्रसाद सुवेदीको संचालनमा सम्पन्न भएको थियो । अधिवेशनको अवसरमा संगठनमा नवप्रवेशीहरुलाई स्वागत समेत गरिएको थियो ।

Leave a Reply