सीप र क्षमतालाई विश्वबजारमा पहुँच अभिवृद्धि र युवालाई रोजगारी सिर्जना गर्ने उद्देश्यले गठन भएको अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको बोर्ड सदस्यमा म्याग्दीका बद्री बरुवाल चयन भएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घार स्थायी घर भई हाल अष्ट्रेलियामा शिक्षाका लागि जाने विद्यार्थीका लागि काम गर्ने बरुवालले महासंघमा अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नेछन् । महासंघमा विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरण गर्ने जनाइएको छ ।

उक्त संस्थाको शनिबार पूर्व राष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नेपाल उद्योग वाणिज्य महासंघका उपमहानिर्देशक उपमहानिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी द्धिराज शर्मा, पर्यटन व्यवसायी सुमन पाँडे लगायतले नेपालमा विदेशी लगानीलाई यूवा उद्यमीबाट भित्राउन सहज हुने बताइएको थियो ।

महासंघका अध्यक्ष स्वतन्त्रप्रताप शाहले चीन, हङ्कङ, अमेरिका, बेलायत लगायत ११ मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने संघका महासचिव समिर अनबरले बताए । क देश तथा विदेशमा सीप जानेका युवालाई महासंघमा आबद्ध हुन आग्रह गदैं यूवाहरुमार्फत विदेशी लगानी भित्राउने एउटा सुन्दर अवसर भएको बताइएको छ ।

Leave a Reply