नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट दुई जना निर्वाचित भएका छन् । आइतबार सम्पन्न भएको अधिवेशनमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी भएका हुन् ।श्रेष्ठ बेनी नगर समितिका निर्वतमान सभापति हुन भने गौचन महिला संघ म्याग्दीकी अध्यक्ष हुन् ।

भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । जिल्लामै सहमतिको अन्तिम प्रयास भएपनि असफल भएपछि निर्वाचनमो मैदानमा उत्रिएका श्रेष्ठ संस्थापन इतर समुहका हुन भने गौचन संस्थापन पक्षकी हुन् ।

गौचनले ५३४ र बानियाँले ५२९ मत र श्रेष्ठले ५४८ र केसीले ४८७ मत प्राप्त गरेका थिए ।भुगोलको महिलातर्फ म्याग्दीका दुबै उम्मेदवार बिच कसिलो प्रस्तिपर्धा भएको थियो । जिल्लाबाट म्याग्दीबाट उपसभापतिमा नेत्रबहादुर महत आदीबासी जनजाती तर्फ मुकुन छन्त्याल, खसआर्यमा नगन्द्र मल्ल र धुव केसी पनि सदस्य पदको उम्मेदवार थिए । गण्डकी प्रदेशमा संस्थापन इतर समुह बलियो छ ।

Leave a Reply