नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो ।

कमिटीको उपाध्यक्षमा थमबहादुर बिक, विरबहादुर पौडेल र डबलसिहं पाईजा, सचिव माश्याम खड्का, सह–सचिवमा नन्दबहादुर गर्वुजा र कोषाध्यक्षमा कविता क्षेत्री पदाधिकारी रहेको कमीटी सर्वसम्मत चयन गरिएको नेकपामा ओवादी केन्द्र म्याग्दीले जनाएको छ । प्रदेश प्रतिनिधिको रुपमा ओमप्रसाद फगामी, बुद्धि पुन र विष्णुकुमारी दमाई चयन भएका नेकपा माओवादी केन्द्र जिल्ला संयोजक रेशम जुग्जालीले जानकारी दिनुभयो ।

अधिबेशनलाई सम्वोधन गर्दै माओवादीका जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले राजनीतिक परिवर्तनका एजेण्डालाई संस्थागत गर्दै सामाजिक मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र, संघीयता, समावेशीब्यवस्थालाई बलीयो बनाउनसबै लाग्नआग्रह गर्नुभयो ।त्यस्तै माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जालीले वडा र पालिका सम्मेलनले माओवादी केन्द्र शक्तिशाली र बलियो बन्दै अघि बढेको बताउनुभयो ।

माओबादीको एजेण्डा अनुसार लागू भएको गणतन्त्र र संघीयता र समावेशीब्यवस्थाको ब्यवहारिक कार्यान्वयन गर्न जनताको साथमाओवादीलाई हुनुपर्नेमा जोड दिनुभयो ।संयोजक जुग्जालीले वडा र पालिका अधिवेशन सफलपुर्व सम्पन्न भएको बताउदै आगामी दिनमा हुने प्रदेश,जिल्लाको अधिवेशनमा सक्रिय रहन पार्टीको विभिन्नतहका नेतृत्वलाई आग्रह गर्नुभयो ।

अधिवेशनमा गाउँपालिका ईन्चार्ज बुद्धि पुनर नगर अध्यक्ष शेरबहादुर केसी लगायतले मन्तव्य राखेका थिए ।प्रथम पालिका अधिवेशनबाट बेनी नगरपालिकाको अध्यक्षमा शेरबहादुर केसी, गाउँपालिका अन्तरगत रघुगंगाको अध्यक्षमा हरि भण्डारी, मंगलाको अध्यक्षमा यामबहादुर रोका, मालिकाको अध्यक्षमा दोरण शेरचन र धवलागिरिको अध्यक्षमा यामन रोका निर्वाचित गर्दै म्याग्दीमा माओवादी केन्द्रले पालिका अधिवेशन सम्पन्न गरेको छ ।

Leave a Reply